खेलकुद

कोशी प्रदेश ‘मिस्टर राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप’ हुँदै

धरानः नेपालको शारिरीक सुगठनको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याती कमाएका राष्ट्रीय सम्मान प्राप्त स्वर्गिय राजभगत प्रधानाङ्गको स्मृतिमा धरानमा प्रथम प्रदेश ‘मिस्टर राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।

धरान फिटनेस क्लबद्वारा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । क्लब प्रमुख प्रधानाङ्गका छोरा कुबेर भगत प्रधानाङ्ग प्रतियोगिता असोज १० र ११ गते हुने जानकारी दिए । शारीरिक सुगठन प्रतियोगिता धरान १८ स्थित विपी प्रतिष्ठानको साहारा हलमा हुनेछ ।

प्रतियोगितामा कोशी प्रदेशका ६० देखि ७० जना बडीविल्डर प्रतिस्पर्धामा सहभागी हुनेछन् । प्रतियोगिता ५५ केजि, ६५ केजि, ७० केजि, ७५ केजि र ८० प्लस गरि ५ तौल समुहमा हुनेछ ।

प्रथम शारिरिक सुगठकले नगद ३ लाख, दोस्रो २ लाख, तेस्रो १ लाख, चौथो ७५ हजार र पाँचौं स्थानमा रहनेले नगद ५० हजार पाउनेछन । प्रत्येक तौल समुहमा दोस्रो र तेस्रो हुने खेलाडीले जनही १५ र १० हजार नगद पुरस्कार पाउने छ । मोष्ट मस्क्युलर र बेष्ट पोजरले पनि जनही १५/१५ हजार नगद पुरस्कार पाउने छ ।

प्रतियोगीताको पहिलो दिन प्रिजजिङ राउण्ड हुनेछ । उक्त राउण्डबाट प्रत्येक तौल समुहमा ५ वा ६ जना खेलाडी छनौट हुनेछ । दोस्रो दिन हुने स्पर्धाबाट प्रत्येक तौल समुहमा पहिलो हुने खेलाडीले उपाधिको लागि हुने मुख्य प्रतिस्पर्धामा ओभरअल राउण्डमा भिड्ने अवसर पाउने छ ।

नेपालमा पहिलो पटक वडिविल्डीङ प्रतियोगिता स्वर्गिय राजभगत प्रधानाङ्गले धरानमा सुरु गरेका थिए । उनले २०२७ सालमा धरानमा बडिबिल्डिङ गर्ने व्यक्ति थिए । २०३२ सालमा पहिलो जिम खाना खोलेका थिए । प्रधानाङ्ग नेपालमा शारीरक सुगठन प्रतियोगिता बिकास र व्यवसायिकरण गर्ने पहिलो व्यक्तिको रुपमा चिनिन्छ ।

स्वर्गिय प्रधानाङ्गको पेशालाई छोरा कुबेर भगत प्रधानाङ्गले निरन्तर दिदै आएका हुन । पिताले शुरु गरेको बडिविल्डिङलाई व्यवसायीक रुपमा विस्तार गर्दै आएका एक मात्र छोरा कुवेरले बुवाको स्मृतिमा प्रदेश शारीरक सुगठन प्रतियोगितालाई संस्थागत रुपमा २/२ वर्षमा निरन्तरता दिने बताएका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक