सहित्य/सिर्जना

जन्मदिनमा नयाँ पिढी र पुराना पिढी बिच कविता वाचन


धरान: जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले आ-आफ्नो ढंगले मनाउने प्रचलन छ । तर पछिल्लो समय जन्म दिन साथीभाईसँग होटलमा जमघट गर्ने केक काटिसकेपछि मदिरासहितको पार्टी गर्ने लगायतका फजुल खर्च गरेर मनाउने प्रचलन छ । विकृतिका बीचमा कसैले भने जन्मदिनमा अनाथ आश्रममा खाना खुवाउने, गरिब असहायलाई सहयोग गरेर मनाउने पनि प्रचलन विस्तारै विकसित हुदै गएको पाइन्छ । तर धरानका एक पत्रकार, लेखक, साहित्यकारले भने जन्म दिनका दिनमा कविता वाचन गरेर फरक ढंगबाट जन्म दिन मनाउनु भएको छ ।

जन्म दिन मनाउने आ–आफनो तौरतरिकाबाट फरक उभिएर धरानका पत्रकार एवम् साहित्यकार जनकऋषि राईले आफूसँगै अन्य कवि तथा कवियत्रीलाई सहभागी गराएर जन्म दिनमा छुट्टै रौनकता प्रदान गर्नुभएको छ । धरान ३ स्थित प्रेस सेन्टर सुनसरीको कार्यालयमा मंगलबार साँझ उहाँले कविता कन्सर्ट जस्तै म्युजिकमा विभिन्न श्रष्टाहरुले कविता बाचन गरेका थिए ।

शब्द यात्राले आयोजना गरेको सो कार्यक्रममा अन्य जन्मदिन भन्दा बेग्लै माहोल भएको थियो । नयाँ पिढी र पुराना पिढी विच कविता वाचन भएको थियो। पहिलो कवितामै कवि सौर्यना मल्लले हजुर आमासँगको सम्बन्धमा हुने ‘घुकाईसँगै मिठास सम्बन्धको विषयमा कविता वाचन गरेर सबैलाई भावुक बनाउनुभएको थियो । यस्तै कवि भीम विरहीले आफू पल्टनमा हुदा कारगिलको युद्धमा दुश्मनले हानेको गोली लागेपछि आफ्नो परिवारका लागि बनाएको ‘अन्तिमपत्र’ कविताले सबैजनालाई भावविहल बनाएको थियो । २०५६ सालमा लेखिएको कवितामा कारगिल युद्धमा आफूले पुनर्जीवन पाएको यथार्थ प्रस्तुत गर्नुभएको थियो ।
यस्तै आफ्नै जन्मदिनमा पत्रकार तथा साहित्यकार राईले राईहरुको इतिहास उल्लेख भएको खुवालुङको विषयमा कविता प्रस्तुत गर्नुभएको थियो ।
उहाँहरुले मात्र हैन कवि अमित थेवे लगायतले कविता प्रस्तुत गरेर बेग्लै माहोल बनाउनु भएको थियो । जन्मदिनमा अग्रज पत्रकार हर्ष सुब्बा, धरानका बरिष्ठ कवि बम देवान, मणि गोठाले, नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्षद्वय राजेश विद्रोही, केशव घिमिरे बर्तमान अध्यक्ष सन्तोष काफ्ले लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

सहभागीहरुले जन्मदिनको अवसरमा भएको कविता वाचन कार्यक्रम अहिलेसम्मकै नौलो र रचनात्मक भएको बताएका थिए।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान