धरान विशेष

प्रहरी चौकी निर्माणमा मेयरले रोक लगाएपछि वडा अध्यक्ष र स्थानीयबासीले निर्माणको काम सुचारु गर्न माग


धरान: धरान उपमहानगरपालिका वडा नं. १६ नौलो बस्तीमा अस्थायी प्रहरी चौकी निर्माण गर्न नदिने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अडानपछि स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरु नै आक्रोशित मात्रै बनेका छैनन् पत्रकार सम्मेलन नै गरेर जसरी भएपनि अस्थायी प्रहरी चौकी बन्नै पर्ने बताउदै आएका छन् ।

सुरक्षाको दृष्टिले सम्बेदनशील वडाको रुपमा रहेको धरान उपमहानगरपालिका वडा नं. १६ अन्य वडाको तुलनामा भौगोलिक अवस्था तथा जनसंख्याको हिसाबले ठूलो रहेको छ । धरान १५, धरान २०, धरान १४ लगायतका वडामा अस्थायी प्रहरी बनेर प्रहरीले शान्ति सुरक्षा प्रदान गरिरहेको अवस्थामा दुई बर्ष अगाडि कार्यपालिका बैठकले अस्थायी प्रहरी चौकी बनाउने निर्णयले सार्थकता नपाउँदै मेयर हर्क साम्पाङले पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लाने सोच राखेको भन्दै अस्थायी प्रहरी चौकी निर्माण नगर्न वडालाई पत्राचार गरेपछि स्थानीय र जनप्रतिनिधि नै आक्रोसित बनेका हुन् ।
आइतबार निर्माणधीन पुलिस चौकी नबनाउन मेयरले दिइएको निर्देशन पश्चात बनाउनुपर्ने स्थानीयको अडानलाई १६ नं. वडा समितिले साथ दिँदै वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले पत्रकार सम्मेलन गरेर स्थानीयको माग र आवश्यकताको आधारमा मेयर राईले निर्माण रोक्नु नहुने बताउनुभयो । उहाँले कार्यपालिका दुई बर्ष अगाडि कार्यपालिकाको बैठकले निर्णय गरेको कुरा अहिले आएर मेयर आफैले लत्याउने काम गरेर जनताको चाहनाविपरीत मेयर अगाडि बढेको बताउनुभयो ।
उहाँले विगतमा भएका कार्यपालिकाको निर्णयलाई सबै जनप्रतिनिधिहरुले साथ दिएर गएको स्मरण मेयर साम्पाङलाई गराउँदै निर्णयको विरुद्धमा गएर अवरोध गर्ने काम मेयर राईले गर्नुहुन्न भन्ने विश्वास जनप्रतिनिधि र स्थानीयहरुलाई रहेको स्पष्ट पार्नुभयो ।
प्रहरी चौकी स्थानीयको माग अनुरुप २०८० जेष्ठ १८ गते बसेको कार्यपालिका बैठक धरान १६ नौलो बस्तीमा बनाउने निर्णय भएको थियो । निर्णयपश्चात दुई बर्ष अगाडि उपमहानगरपालिकको ९ लाख बजेटबाट काम भए पनि बजेट अभावले काम रोकिएको थियो । पछिल्लो समय प्रदेश सांसद ममता योञ्जनको पहलमा प्रदेश सरकारबाट आएको ९ लाख बजेटले शनिवार निर्माण सामाग्री खरिद गरी काम सुचारु गर्ने समयमा मेयर हर्कराज राईले रोकेपछि स्थानीयहरु आक्रोसित भएका थिए ।
स्थानीयहरुले अहिले पनि प्रहरी चौकी बन्नै पर्छ भन्ने अडान राखेका छन् । वडा अध्यक्ष भट्टराईले प्रहरी चौकी निर्माणमा रोक लगाएको विषयमा पत्रकार सम्मेलनमा त्यहाँका स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरुले असुरक्षाका कारण चाडपर्व राम्ररी मनाउन नपाएको, लागू औषध कारोबारीको अड्डाको रुपमा परिचित भएको, हातहतियार लिएर आउने युवा दस्ताको ओहोर दोहोर धेरै हुदा असुरक्षित महसुस गरेको भन्दै जसरी भएपनि अस्थायी प्रहरी चौकी बन्नै पर्ने अडान उनीहरुको छ ।
विगतमा मेयर साम्पाङकै योजना अनुरुप माया धराने उद्योग, जेसिभी ल्याउने प्रस्ताव, बेसार उद्योग बनाउने प्रस्ताव, ट्याक्टर खरिद गर्ने प्रस्ताव लगायतका प्रस्तावमा जनप्रतिनिधिहरुले कुनै अवरोध नगरेको स्मरण गराउदै प्रहरी चौकी निर्माणमा समेत अवरोध नगर्न मेयर राईलाई अनुरोध समेत गर्नुभयो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।