मनोरञ्जन समाचार

एसइई आइडल ५ औं संस्करणको फाईनल असार ६ गते हुने


धरान: शिक्षासँगै विद्यार्थीहरुमा संगीतसम्बन्धी ज्ञान प्रवद्र्धन गर्ने उद्देश्यले एफटिएल अनलाइन टिभीले आयोजना गर्दै आएको एसइई आइडलको अन्तिम चरणको प्रस्तुति आगामी असार ६ गते शुक्रबार हुने भएको छ ।
“शिक्षाका लागि संगीत” भन्ने मूल नाराका साथ फक्तालुङ मिडिया हाउस प्रा. लि. द्वारा एसइई आइडलको पाँचौ संस्करण असार ६ गते शुक्रबार धरान १५ चुम्लुङहिममा आयोजना हुन लागेको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । एईई परीक्षा दिएर बसेका बालबालिकालाई लक्षित गरी गायन, नृत्य र वाक कला प्रतिभालाई उजागर गर्ने अभिप्रायले कोशी प्रदेश स्तरीय प्रतियोगिताको अन्तिम प्रस्तुति अन्तिम चरणमा पुगेको इभेन्ट मेनेजर राम रामबहादुर लिम्बुले पत्रकार सम्मेलनम जानकारी गराउनुभयो ।लिम्बुका अनुसार पहिलो फिजिकल र डिजिटल अडिसन बैशाख पहिलो हप्ता बाट शुरू भएको थियो ।

प्रतियोगितमा क्वाटर फाइनल र सेमी फाइनल गरी कोशी प्रदेशका एसइई दिएर बसेका ७ सय ५ जनाले प्रतिष्पर्धा गरेका थिए । अहिले तीनवटै विधामा फाइनलमा १०/१० जना गरेर ३० जना प्रवेश गरेको अध्यक्ष डम्बरकुमार तुम्बाफोले जानकारी दिनुभयो ।
तीनवटै विधाको विजेता बन्नेहरुले .नगद ५० हजार, ट्रफी सहित कक्षा ११ र १२ मा शतप्रतिशत निः शुल्क छात्रवृत्ति, निःशुल्क बारिष्टा तालिमका साथै निःशुल्क मुस्ताङ वा सिक्किम भ्रमण प्राप्त गर्ने आयोजकले जनाएको छ । फाईनलमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता