
धरान: नेपाल अग्रवाल महिला मञ्च धरान सुनसरीले आफ्नो बार्षिक साधारणसभाको अवसरमा समाजमा योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ ।
संघले भव्य कार्यक्रमको आयोजना गरी सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अग्रवाल महिलाहरुलाई समाजम स्थापित गराउदै सामाजिक कार्यमा अग्रसर गराउन २०७५ सालमा स्थापना भएको मञ्चले गठन भएयता धेरै सामाजिक कार्यमा सक्रिय भइसकेको छ ।
समाजकी अध्यक्ष इन्दु तोदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यो मञ्चले अग्रवाल महिलाहरुलाई समाजमा स्थापित गर्दै सामाजिक कार्यमा अग्रसर हुन प्रेरित गरेको सहभागी वक्ताहरुले बताएका थिए ।
साधारणसभा स्वेता अग्रवालको संयोजकत्वमा सम्पन्न भएको थियो भने नेपाल अग्रवाल महिला मञ्च विराटनगरकी अध्यक्ष उमा चौधरीले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो । कार्यक्रम मञ्चकी सचिव सुनिता अग्रवालले गर्नुभएको थियो ।