धरान विशेष

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी मजदुरलाई सम्मान


धरान: नेपाल सरकारले २०७५ सालमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत नेपालका ७ सय ५३ वटा स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचलनमा ल्याएको थियो । सो कार्यक्रमबाट २०७५ मा वित्तीय सामाग्री खरिद तथा व्यवस्थापन भएको र २०७६ साल देखि कामका लागि पारिश्रमिक आयोजनामा शुरु गरेको थियो ।
सोही अनुरुप धरान उपमहानगरपालिकाका सुचिकृत बेरोजगार व्यक्तिहरुलाई १ सय दिनको रोजगारी प्रदान गरिएको थियो ।
धरान उपमहानगरपालिकाले २०७९ सालमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगार सेवा केन्द्रको रुपमा स्थापना गरेको हो । २०८० सालमा प्राधानमन्त्री रोजगार कार्यक्रमलाई दिगो बनाउन एकिकृत तथा रोजगार सेवा संचालन तथा व्यवस्थापन कार्यविधी संचालनमा आएको हो । सोही अनुरुप यस आ.व. २०८०/०८१ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत खैरेनीटार सिरान पैदलमार्ग निर्माण सम्पन्न भएको थियो ।
सो अवसरमा १२ जना श्रमिकले सोही सालको असोज ८ देखि कार्तिक १० गते सम्म जम्मा २६ दिनको काम गरेका थियो । यस्तै दोस्रो चरणमा धरान ४ मा संचालनमा रहेको वडा कार्यालय कम्पाउण्ड वाल निर्माण आयोजनामा १२ जना श्रमिकले जम्मा ६० दिनसम्म काम गरेका थिए ।

यसैगरि तेस्रो चरणमा धरान ४ मा नै संचालन भएको पत्रङ्गबारी अन्तरगत देवीगाउँ सिरान हर्दिया कृर्षी सडक स्तरोन्तती आयोजनामा जम्मा १२ जना सुचिकृत बेरोजगारहरुले १४ दिन काम गरेका थियो । सो अवसरमा धरान ५ मा ५० जना श्रमिकलाई तालिम समेत दिइएको थिायो । तालिम पश्चात धरान ५ को ठिङ्गेबारी प्रवेदगेट छेउमा स्लाव मर्मत आयोजनामा जम्मा ४ जना सुचिकृत बेरोजगारहरुले ४ दिन काम पाएका थिए । भने सोही वडाको सभाहल मर्मत तथा रंगरोगन आयोजनामा जम्मा १४ जना सुचिकृत बेरोजगारहरुले २ दिन काम पाएका थिए धरानका २० वटै वडामा क्रमिक रुपले कार्यक्रम निरन्तर सञ्चालन भएपश्चात श्रमिकहरुले कार्यक्रम प्रभावकारी भएको बताएका थिए ।
सो अवसरमा बोल्दै वडाका तर्फबाट १६ नं. वडा कार्यालयका वडाध्यक्ष मुरारी भट्टराईले श्रमिकलाई रोजगारी दिनेमात्र हैन धरानलाई सबृद्वी बनाउन यो कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।
यस्तै धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले श्रमिकको कामको उच्च मूल्यांकन धरान उपमहानगरपालिकाले गरेको बताउनुभयो ।
सो अवसरमा कार्यक्रम सञ्चालन अवधिभर काम गर्ने श्रमिकलाई धरान उपमहानगरपालिकाले सम्मान गरेको थियो । स्थानीय तहबाट सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले स्थानीय स्तरमा थोरै भएपनि वेरोजगार कमको प्रयास भने गरेको पाइन्छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।