स्वास्थ्य/जिवनशैली

धरानमा मधुमेह तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

धरान: आज शुक्रबार पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, ज्ञानचक्षु मार्ग, धरान–१५ मा मधुमेह तथा स्वास्थ्य परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम डा. अरुण कुमार सिंहको संयोजनमा आयोजना गरिएको थियो भने कार्यक्रम निर्देशक मो. असरारुल अंसारी तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको डाईबेटिज स्टुडेन्ट्स विङ को विशेष सहयोग रहेको थियो।

दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन भएको कार्यक्रममा ८० भन्दा बढी बालबालिकाहरूले मधुमेह तथा स्वास्थ्य परीक्षण गराएका थिए। तीमध्ये केही बालबालिकाको ब्लड सुगर पाइएकोले विपी प्रतिष्ठानको बाल रोग विभागको ओपिडीमा थप परीक्षणको लागि सिफारिस गरिएको छ।

कार्यक्रमकी प्रमुख अतिथि सिर्जना सुवेदीले आफ्नो मन्तव्यमा यस्ता स्वास्थ्य शिविरहरूको निरन्तरता आवश्यक रहेको र यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले सम्पूर्ण टिमलाई धन्यवाद र शुभकामना व्यक्त गर्नुभयो।

डा. अरुण कुमार सिंह, एसोसिएट प्रोफेसर, बाल रोग विभाग, विपी प्रतिष्ठान धरानले टाईप वान डाईबेटिज सम्बन्धी जनचेतना फैलाउन भविष्यमा धरान तथा वरपरका क्षेत्रमा घर–घरमा मधुमेह स्क्रिनिङ अभियान सञ्चालन गरिने जानकारी दिनुभयो।

त्यसैगरी, कार्यक्रम निर्देशक मो. असरारुल अंसारीले मधुमेह नियन्त्रणमा सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैली को महत्वबारे प्रकाश पार्नुभयो।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका