समाज

व्रिज इन्टरनेशनल कन्सलटेन्सि द्धारा ६ युवा सम्मानित


धरान ९ पुतलि लाइनमा रहेको व्रिज इन्टरनेशनल कन्सलटेन्सिले आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै धरानका छ जना युवाहरुलाई सम्मान गरेको छ ।

व्रिज कन्सलटेन्सिले विहिवार आयोजित स्टुडेन्ट इन्गेजमेन्ट टुर कार्यक्रमको अवसर पारेर सम्मान गरेका थिए । व्रिजले बास्केटवल खेल क्षेत्रमा विशेष योगदान पुर्याए वापत बास्केटवल खेलका राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई, ग्रास रुट वाट फुटवल खेलाडि उत्पादनमा काम गरिरहेका फेयर फुटवल एकेडेमिका संचालक एवं प्रशिक्षक अमृत राई, जोन एण्ड लोकलका गिटारिस्ट श्रीहाङ राई स्टिभ, उदयीमान गायक छिरिङ तामाङ, कागज प्रोडक्सनका सिनेमेटोग्राफर अनिस थेवे र डाइरेक्टर अर्सु श्रेष्ठलाई सम्मान पत्र प्रदान गरेका छन । उनिहरुलाई व्रिज कन्सलटेन्टका डाइरेक्टर निर्णय निरौलाले सम्मान पत्र प्रदान गरेका थिए ।

व्रिजले प्लस टु र व्याचलर अध्यन सकेका विद्यार्थीहरु जो देश वाहिर अध्यनका लागि जान इच्छुक छन, उनिहरुलाई परामर्श गर्नका लागि स्टुडेन्ट इन्गेजमेन्ट टुर कार्यक्रमको आयोजना गरिएको व्रिजका डाइरेक्टर निरौलाले वताए । उनिहरुलाई परामर्श गर्नका लागि युके र अष्ट्रेलियाका विस वटा भन्दा वढि युनिभर्ससिटिका कन्ट्रि डाइरेक्टर एन्ड्रियु रोर्वटसन र स्टक व्रुसेलले परामर्श गर्ने निरौलाले वताए ।

इन्गेजमेन्ट कार्यक्रममा धरानका दुई सय भन्दा वढि विद्यार्थीले सहभागिता जनाएको जनाए । व्रिजमा विदेश पढ्न जाने विद्यार्थीहरुका लागि आइइएलटिएस र पिटिइ पढाइ हुने व्रिजका शिक्षक मनकुमार लिम्वुले वताए । यहि जेष्ठ १ गते देखि धरानमा सुरु भएको व्रिज कन्सलटेन्सिको देशभर १६ वटा शाखा रहेको डाइरेक्टर निरौलााले जानकारी गराए । सन २०१५ मा स्थापना भएको व्रिजको हेड अफिस काठमाण्डौ वानेश्वरमा रहेको छ । 

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले