धरान विशेष

विपीमा चाडो उपकुलपति नियुक्ति गर्न कुलपतिलाई ध्यानाकर्षण पत्र


धरानः विपी अध्ययन प्रतिष्ठान, सुनसरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया शीघ्र सम्पन्न गर्न आग्रह गरेको छ ।
विपी अध्ययन प्रतिष्ठान, सुनसरीका अध्यक्ष बिकास आर्चायले चाडो भन्दा चाडो उपकुलपति नियुक्ती गर्न कुलपतिलाई जेठ २८ गते बुधबार ध्यानाकर्षण पत्र पठाएको हो ।
विगत दुई महिनादेखि उपकुलपतिविहीन भएका कारण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक, प्रशासनिक र सेवा प्रवाह सम्बन्धी विविध कार्यहरूमा गम्भीर असर परेको भन्दै यथासिघ्र नयाँ उपकुलपति नियुक्ति गर्न आग्रह गरेका छन ।
पत्रमा विपी प्रतिष्ठानमा नेपालको एक प्रमुख स्वास्थ्य शैक्षिक संस्था रहेको र जसको शैक्षिक गुणस्तर, सेवा प्रवाह र संस्थागत नेतृत्व सुदृढ बनाउनका लागि उपकुलपति पदको भूमिका अत्यन्त महत्वपूर्ण र हाल उपकुलपति विहिन रहेकाले विपी प्रतिष्ठान अस्तव्यस्त भएको प्रतिष्ठानको सर्वाङ्गीण गतिविधि, महत्वपूर्ण निर्णयहरु, अनुसन्धनात्मक गतिविधि, मानव संसाधन व्यवस्थापन लगायतका दैनिक कार्यहरू प्रभावकारी रूपमा अघि बढ्न नसकेको अवस्था रहेको छ।
संस्थाको साख र विद्यार्थी देखि लिएर सेवाग्राहीहरू सम्मको विश्वासमा समेत असर पारिरहेकोले महत्वपूर्ण पदीय नियुक्तिमा भएको ढिलाइ हटाई, संस्थामा उत्पन्न अन्योलता अन्त्य गर्न यथासिघ्र उपकुलपति नियुक्ति प्रक्रिया टुंग्याई दिनुहुन विनम्र अनुरोध समेत गरेको छ ।
सरकारले जेठ १४ गते रिक्त रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति (भिसी) नियुक्तिको प्रक्रिया अघि बढाएको अवस्था रहेको छ। यसका लागि प्रतिष्ठानहरूका सहकुलपति रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रिक्त रहेका चार प्रतिष्ठानका भिसी नियुक्तिका लागि सर्च कमिटी गठन गरेको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।