खेलकुद

बास्केट बलको उर्वरभूमि धरानमा कोशी प्रदेश स्तरीय प्रतियोगिता हुने


धरान: मोफसलमै सबैभन्दा बढी बास्केट बल प्रतियोगिता हुने धरानमा कोशी प्रदेशस्तरीय बास्केट बल प्रतियोगिताको आयोजना हुने भएको छ । बास्केट बलकै उर्वरभूमि धरानलाई परिचित गराउदै राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिनका लागि आगामी असार ५ गतदेखि ८ गतेसम्म प्रतियोगिताको आयोजना हुन लागेको हो ।
बास्केटबल खेलको विकास र युवा प्रतिभा उजागर गर्न धरान बास्केटबल संघले कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता २०८२ को आयोजना गर्न लागिएको सुनसरी बास्केट बल संघका अध्यक्ष नाराणण सुवेदीले जानकारी गराउनुभयो । उहाँका अनुसार प्रतियोगिता धरानको डिपो आदर्श बहुमुखी क्याम्पसको कोर्टमा सञ्चालन हुने भएका हो ।
प्रतियो्गितामा कोशी प्रदेशको सुनसरी, झापा, मोरङ, धनकुटा, इलाम, ओखलढुङ्गा, उदयपुर र भोजपुरका गरी ८ जिल्लाका टिमहरुले प्रतिष्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रतियोगिता विजेता हुने टिमलाई नगद २ लाख, उपविजेतालाई. १ लाख सहित प्रमाणपत्र ट्रफी वितरण गरिने प्रतियोगिताका संयोजक एवम् बास्केट बलका प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिनुभयो ।
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु. १० हजार नगद पुरस्कार सहित ट्रफी र मेडल प्रदान गरिने भएको छ । नेपालमै पहिलो पटक धरानबाट बास्केट बल खेलको शुरुवात भएको मानिन्छ । धरानमा ब्रिटिसहरुले घोपा क्याम्प स्थापना गरेपछि यो खेल धरानमा भित्रिएको आयोजकको दाबी छ ।
यस अघि पनि धरानमा विभिन्न स्तरका बास्केट बल प्रतियोेगिताको आयोजना हुदै आएको छ । यसअघि सगरमाथा राष्ट्रिय लिग समेत सफलतापूर्वक सम्पन्न भएको थियो । धरानबाट उत्पादन भएका खेलाडीहरुले राष्ट्रिय स्तरमै प्रतिनिधित्व गर्दै प्रतिष्ठित प्रतियोगिता दक्षिण एशियाली खेलकुद प्रतियोगितामा धरानका खेलाडीले पदक जिताएका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक