समाज

क्यान्सर पिडित पत्रकार कविन्द्र शेर्मालाई लिम्बु पत्रकार संघ सुनसरीद्धारा आर्थिक सहयोग

धरान: क्यान्सर रोगबाट ग्रसित पाँचथरका अग्रज पत्रकार कविन्द्र शेर्माको उपचारका लागी लिम्बु पत्रकार संघ सुनसरीले २६ हजार १ सय ६१ रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
आज मंगलबार किराँत याक्थुङ्ग चुम्लुङ्गको सभाहलमा पत्रकारहरुको उपस्थीतीमा लिम्बु पत्रकार संघ सुनसरीले क्यान्सर पीडित पत्रकार शेर्मा उपचारको लागि आर्थिक संकलन समितीको संयोजक निलिफा सुब्बालाई सहयोग रकम हस्तान्तरण गरेका हो ।
लिम्बु पत्रकार संघ सुनसरीका अध्यक्ष स्वर्णिम लिम्बुले अभियानका संयोजक निलिफा सुब्बालाई डिजिटल पे ईसेवा मार्फत खातामा प्रदान गरेका छन। संमयोजक निलिफा सुब्बाले पत्रकार शेर्मालाई घाँटीमा क्यान्सर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचारत रहेको र उपचारका लागि विभिन्न संघ सस्थाहरुले समेत सहयोग गरीरहेको बताईन ।
पाँचथरमा रहेर लामो समदेखि पत्रकारिता गर्दैआएका शेर्माको घाँटीमा क्यान्सर भएको छ । उपचारका क्रममा अहिले किमो दिने काम भइरहेको छ । उपचारमा धेरै रकम लाग्ने भएपछि फोनिजलगायत विभिन्न संघ संस्था एबम ब्यक्तिहरुको आर्थिक सहयोग सहित सहयोग अभियान सञ्चालन गरेका छन् ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले