धरान विशेष

धरानमा हिजोरातिदेखि आएको बर्षाले क्षति: कतिपयको बास बस्ने ठाउँ नै हरायो


धरान: धरान उपमहानगरपालिका वडा नं. ५ र ६ जोड्ने शेरा खोलामा बाढी गाउँमा पस्दा सर्बसाधारणले धेरै क्षति व्यहोर्नु परेको छ । रातिदेखि आएको बर्षाले शेरा खोलाले धार परिवर्तन गरी गाउँभित्र पस्दा उनीहरुको बास बस्ने ठाउँ नै हराएको छ ।
धरान ५ को सेरा खोलाको माथिल्लो पुलदेखि धरान ६ पानबारीमा बनेको पुलसम्मको भाग विगतदेखि नै बाढी आउँदा जोखिम हुने गरेको थियो । बर्षेनी बर्षादको समयमा क्षति व्यहोदै आएका आसपासका सर्वसाधारण रातिदेखि आएको बर्षाद्ले ३ सय घर प्रभावि बनेका छन् । अधिकांश घर बस्न नहुने अवस्थामा छन् केही घरहरु मर्मत गर्दा बस्न सकिने अवस्थाको छ । रातिदेखि नै बर्षाद् भएपनि त्यस क्षेत्रका बासिन्दाहरु सुत्न नसकेर घरका सामानहरु बाहिर निकाल्न थालेको स्थानीय पीडितहरु बताउँछन् । स्थानीय ऐरा परियारले बर्षैनी शेरा खोलामा आएको बाढीले क्षति पुर्‍याउने गरेको बताउनुहुन्छ । बाढीले घरमा बस्नै नसक्ने अवस्था बनाएको बताउने उहाँले स्थानीय सरकारलाई पटक पटक जानकारी गराउँदा अवलोकनका लागि आउने अल्पकालीन समाधानको रुपमा तारजाली लगाउने तर दीर्घकालीन समस्या समाधानमा गम्भीर नहुने गुनासो परियारको छ ।
खोलामा गाउँ वारपार गर्ने पक्की पुल निर्माण भइसकेको छ । तर बर्षेनी खोलाले धार परिवर्तन गरेर गाउँमा नै क्षति पुर्‍याउँदा समेत कसैलाई मतलब नै छैन । बाढीका कारण अहिले त्यस गाउँमा खानेपानीको समेत समस्या भएको छ । खोलामा आएको बाढीका कारण आफूहरुले चाडवार्ड समेत राम्ररी मनाउन नपाएको गुनासो त्यहाँका बासिन्दाको छ । स्थानीय कृष्ण परियारले यसभन्दा अगाडि दशैकै समयमा बाढी आउँदा आफू र आफ्नो परिवारसहित सम्पत्ति जोगाउन नै धौ धौ पर्दा दशै भन्दा पनि आफूहरुलाई दशा भित्रिएको बताउनुभयो ।
बर्षादका समयमा खोलाको सतह बढ्दै गएपछि खोलाले धार परिवर्तन हुदै गएको हो । सानो खोला अहिले विशाल बनेको छ । यस विषयमा कार्यकापलिका बैठकमा समेत पटक पटक कुरा उठ्दा समेत समाधान हुन नसकेको ६ नं. वडा कार्यालयका वडाध्यक्ष भुपेन्द्र भट्टराईले बताउनुभयो । आफू निर्वाचित भएदेखि नै कार्यपालिका बैठकमा यहाको समस्याको बारेमा जानकारी गराएको बताउदै कसैले पनि यस विषयमा गम्भीरतापूर्वक नलिदा बर्षैनी सर्वसाधारणले क्षति व्यहोनुपरेको यथार्थ बताउनुभयो ।
बाढीले ठूलो क्षति भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई समेत त्यस क्षेत्रम हेर्न पुग्नु भएको थियो । दीघकालीन समस्या समाधानका लागि तटबन्द बनाउनुपर्ने भए पनि यस क्षेत्रको एकापटि जंगल क्षेत्र रहेको र वन विभागसँग समन्वय गरेरमात्र काम गर्नुपर्ने अवस्थाले दीर्घकालीन समस्या समधानमा बाधा पुगेको बताउनुभयो ।
यतिमात्र हैन रातिदेखि आएको अविरल बर्षाका कारण धरान १३ निशानेमा पहिरो खस्दा कोशी पहाडी राजमार्गको धरान धनकुटा सडक खण्डमा समेत क्षति भएको छ । सडक खाडल पर्ने ४ वटा रुख सशसत्र पहरी बलले हटाएको छ । गीता काफ्ले सेफ्टी ट्यांकी बगाएको छ भने घर समेत जोखिममा रहेको छ । अमर बस्ती ‘ख’ मा रहेको चार वटा घर जोखिममा रहेका छन । गौरामार्गमा र सारंगामा विजुलीको पोल लड् विजुली अवरुद्ध भएको छ । धरान १३ मा मात्र ३ करोडभन्दा बढीको क्षति भएको वडाध्यक्ष नेत्रप्रसाद काफ्ले बताउनुहुन्छ ।
बर्षाद् निरन्तर भइरहेकाले धरान उपमहानगरपालिकाभित्र थप क्षति हुने सम्भावना बढेर गएको छ । उपमहानगरपालिकाभित्र बर्षेनी हुने क्षति न्यूनिकरणमा स्थानीय सरकार धरान उपमहानगरपालिकाले खासै ध्यान दिन सकेका छैन । समयमै सचेत बनेर दिर्घकलीन समस्या समाधानमा स्थानीय सरकार गम्भीर हुन जरुरी छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।