सौन्दर्य

मन्जु गुरुङ्गले जितिन मिसेस स्टेट २०२५ सिजन थ्रीको उपाधी

धरान: डब्लु डव्लु जि (वुमन्स वर्थ ग्रुप) द्धारा विहिवार आयोजित मिसेस स्टेट २०२५ सिजन थ्री कोशि प्रदेशको ताज मन्जु गुरुङ्गले चुमेकि छिन ।

अन्जुले १७ जना प्रतिश्पर्धिहरुलाई पछि पार्दै मिसेस स्टेटको उपाधि चुमेकी हुन । उनले उपाधि संगै मिसेस व्युटिफुल र  वेस्ट स्माइल टाइटल अवार्ड समेत हात पारेकी छिन । विजेता अन्जुले विजेता क्राउन संगै नगद रु. ५१ हजार रुपैया, ट्रफि, गिफ्ट ह्याम्पर र एक वर्षको सुर्य ज्योति लाइफ इन्सुरेन्स प्राप्त गरेकि छिन । उनलाई मिसेस स्टेट सिजन टुका विजेता पुष्पा फोम्वो र मुख्य निर्णायक पुर्व मिस नेपाल उषा खड्किले ताज पहराई दिएका थिए ।
यसैगरि फस्ट रनरअप ममता शाह घोषित भए । उनले क्राउन, ट्रफि, नगद रु. २५ हजार, र गिफ्ट ह्याम्पर प्राप्त गरे । प्रतियोगिताको सेकेन्ड रनरअप सुनिता श्रेष्ठ घोषित भइन । उनले क्राउन सगै ट्रफि, नगद रुं १५ हजार र गिफ्ट ह्याम्पर प्राप्त गरिन । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि एसएसपि भिम दाहाल, कार्यक्रमका सभाध्यक्ष वुमन्स वर्थ ग्रुपका अध्यक्ष सुजता श्रेष्ठ, उपाध्यक्ष हरि मादेन, सचिव ज्योति राई, सहसचिव छाया श्रेष्ठ, कोषध्यक्ष रोजि ताम्रकार, सदस्य विनिता आचार्य, कोरियोग्राफर डिजे ललित राइ, पुर्व मिसेस स्टेट सेकेन्ड रनरअप रोशनि राई, निरा संकर लगायतले पुरस्कार वितरण गरेका थिए । धरान १६ स्थित गुरुङ्ग विविक्युको नयाँ पार्टि प्यालेसमा संपन्न मिसेस स्टेट २०२५ सिजन थ्रीको टाइटल अवार्डमा वेस्ट ट्यालेन्ट मिना गुरुङ्ग, मिसेस पर्सनालिटि पुजा गच्छेदार, मिसेस फोटोजनिक ममता शाह, मिसेस फ्रेन्डसिप सृष्टि राई, वेस्ट वक रिङकी शाह गुप्ता, मिसेस एक्टिभ अस्मिता भुजेल, मिसेस पव्लिक च्वाइज सृष्टि राई, मिसेस डिसिप्लिन राधा राई र मिसेस इन्स्पीरेसन अवार्ड सुनिता श्रेष्ठले चुमेकि छिन । टाइटल अवार्ड विजेताले ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गरिन ।
 आयोजक वुमन्स वर्थ ग्रुपको विवाहित महिलाहरुको समुहले स्थापना गरेको संस्था हो । आयोजकका अनुसार विशेष गरेर विवाहित महिलाहरुको व्यक्तित्व विकाश तथा उनिहरुमा भएको क्षमता उजागार गर्नका लागि मिसेस स्टेट प्रतियोगितात्मक कार्यक्रमको सुरुवात गरिएको हो ।
 मिसेस स्टेट सिजन थ्रीमा मूख्य निर्णायक पुर्व मिस नेपाल उषा खड्गि संगै लेखक तथा अग्रज पत्रकार, सांस्कृति अभियन्ता नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानका टिएनटि विभाग प्रमुख संगिता भण्डारी, लायन्स इन्टरनेसनल ३ सय २५ सि डिस्ट्रिक गर्भनर विकास अधिकारी, र नेपाल उद्योग परिषद, कोशि प्रदेशका उपाध्यक्ष गरिजा सारडा निर्णायकको रुपमा रहेको थियो ।
 

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
सौन्दर्य

महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले धरानका २७ जना महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम प्रदान