कृषि

मकैमा फौजी किरा: किसान चिन्तित


धरान उपमहानगरपालिकाको वडा नं. ४, ५, ६ र २० वडालाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्दै लगेको छ । तर कृषकले लगाएको बालीमा किराको प्रकोप लाग्दा समेत प्रकोप नियन्त्रणका लागि कसैले गम्भीरतापूर्वक नलिदा कृषकहरु मारमा परेका छन् ।
धरान उपमहनगरपालिका वडा नं. ६ का किसान विगतका बर्षहरु झै यस बर्ष पनि मकै बारीमा लाग्ने फौजी कीराका कारण आजित बनेका छन् । बर्षेनी फौजी कीराको प्रकोप बढ्दै जाँदा किसानको मेहनत खेर गएको छ ।
यस बर्ष समेत मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् ।
वैशाख अन्तिम साताबाट मकैमा फौजी किराको समस्या बढेको हो । स्थानीय सरकार धरान उपमहानगरपालिका वडा नं. ६ मकैलगायत फलफूलमा लाग्ने कीराको प्रकोपका विषयमा कृषकहरुसँग जानकारी लिएर औषधि समेत वितरण गर्दै आएको छ । प्राविधिकसँगको समन्वयको कमी, बजेटको अभाव लगायतका कारण यस बर्ष पनि वडा नं. ६ मा पर्ने पानबारी, डाँगी, सतिससाले लगायतका कृषकले लगाएको मकै बालीमा फौजी कीरा बढेको ६ नं. वडा समितिका वडाध्यक्ष भुपेन्द्र भट्टराईले बताउनुभयो ।
विगत चार बर्षदेखि निरन्तर मकैबालीमा फौजी कीराको प्रकोप बढेको स्थानीय कृषक कृष्णबहादुर विष्ट बताउनुहुन्छ । उहाँले जति औषधि गरे पनि कीराको प्रकोप नघट्दा आफूहरुको मेहनत खेर जाने गरेको बताउनुभयो ।
शुरुमा मकै फस्टाएर आउदा मकैबाट राम्रो आम्दानी हुने अपेक्षा लिएका कृषकहरु कीरा लागिसकेपछि बोटै मरेर गएपछि निराश हुने गरेका छन् । बर्षेनी फौजी कीराले मकैबाट आम्दानी गर्न नपाउदा मेहनत त्यसै खेर गएको उनीहरु बताउँछन् ।
किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको कृषकहरु बताउँछन् । कृषकले लगाएको बालीमा कीराको प्रकोप बढ्दा समस्या हुने गरेको हो । यस क्षेत्रमा सैयौ घर परिवार खेतिपातिबाट आश्रित छन् । यहाँ उब्जनी भएको कृषि सामाग्री धरान लगायत धरान बाहिर जाने गरेको छ ।

छुटाउनुभयो कि ?

कृषि

गाँउमा उत्पादित शुद्व कृषि सामाग्री उपलब्ध गराउदै धरान – १ मा रहेको “रैथाने स्टोर”

धरान: स्थानीय स्तरमै उत्पादन भएका कृषि सामाग्री लगायत अन्य सामाग्रीको प्रवद्वन गर्ने उद्देश्यले सञ्चालन गरिएको धरान – १ मा सञ्चालन
कृषि

सहभागी कृषि सहकारी संस्था लिमिटेडबाट धरान पानबारीका कृषकहरु लाभान्वित

धरान: कृषिलाई प्राथमिकताम राखेर विगत १४ बर्षदेखि निरन्तर सञ्चालन हुदै आएको धरान- ६ पानबारीमा रहेको सहभागी कृषि सहकारी संस्था लिमिटेडको