धरान विशेष

धरानका वडा वडामा साकेला शिली प्रदर्शन


धरान: किरात राईहरुले प्रत्येक बर्ष वैसाख पूणिमामा मनाउदै आएको साकेला उभौली पर्व यस बर्ष समेत भव्यताका साथ मनाउँदै आएका छन् ।
किरात राई यायोक्खा सुनसरीले सुनसरी भरिका राईहरुलाई समेटेर सुनसरीका बिभिन्न स्थानमा सामुहिक रुपमा साकेला शिली प्रर्दशनी र उभौली पर्व मनाउन थालेका हुन् ।
यसै क्रममा राईहरुको साँस्कृतिक पर्व उधौली तथा उभौलीका अवसरमा किरात राईहरुले सुनसरीका विभिन्न ठाउँमा साकेला नाच प्रदर्शन गर्दै आएका छन् । यस्तै धरानमा समेत वडा वडामा साकेला नाच प्रदर्शन गरिरहेका छन् । युवा पुस्तालाई संस्कृतिको मोह जगाउन अहिले वडा वडामा साकेला नाचको विषयमा तालिम समेत दिँदै आएको किरात राई यायोक्खा धरान १३ का सचिव बसन्त वान्तवाले जानकारी दिनुभयो । अहिले यो सास्कृतिक पर्व जगेर्ना गर्नुपर्छ भनेर युवा पुस्तालाई अग्रजहरुले झक्झक्याउने काम गरेका छन् ।
१५ दिन मनाइने यो पर्व किरात राईहरुले यो चाँड प्रकृतिसँग सम्बन्ध रहेको बताउने गरेका छन् । धरान १८ का अग्रज जागिरमान राईले यो पर्व साँस्कृतिक पर्व भएकोले युवा पुस्ताले जगेर्ना गरेर लानुपर्नेमा जोड दिनुभयो । उहाँले साकेला नाँचको महत्वका बारेमा प्रष्ट पार्नुभयो ।
१५ दिन पछि अर्थात जेष्ठ १७ गते धरान १७ मा रहेको साकेला पार्कमा सुनसरी भरिका वडा समिती साकेला शिली प्रतियोगिता गराई पुरस्कारको समेत व्यवस्था गरेको छ । यो पर्वको शुरुवात यायोक्खा धरान १३ नंं कार्यसमितिले धरान १४ विजयपुरमा रहेको हाङबुद्धिकर्ण राईको दरबारमा पूजाआजा गरेर पर्वको विधिवत शुरुवात गरेको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।