धरान विशेष

दिव्यरोशनी २१ औं बर्षमा प्रवेश: बार्षिकोत्सवमा तीन जना सञ्चारकर्मी सम्मानित


धरान: आज भन्दा २१ बर्ष अगाडि धरानबाट प्रकाशित दिव्यरोशनी साप्ताहिकले आफ्नो २१ औं बार्षिकोत्सवको अवसरमा तीजना सञ्चारकर्मी सम्मानित र एक महिला उद्यमी अभिनन्दित भएका छन् ।
धरान उपमहानगरपालिकाको कार्यकक्षमा आयोजित बार्षिकोत्सवको अवसरमा उत्कृष्ट सामाजिक सम्मानबाट ब्लाष्ट टाईम्सका कार्यकारी सम्पादक भोजराज श्रेष्ठ र उमा अनलाईन टिभीका पत्रकार उमा चाम्लिङलाई सम्मानित गरिएको हो भनै युवा पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष हिमालयन टिभीमा कार्यरत सन्तोष काफ्ले सम्मानित हुनुभएको छ । उहाँहरुलाई जनही नगद ५ हजार १ सय ५ रुपैया सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।
सञ्चारकर्मीसँगै दिव्यरोशनीले प्रत्येक बर्ष समाजमा योगदान पुर्‍याउने एक जनालाई सम्मान गर्ने गरेको छ । यस बर्ष भने महिला उद्यमीको तर्फबाट गृह श्रमिक महिला उद्यमी समाज नेपालकी अध्यक्ष प्रेम कुमारी राईलाई दोसल्ला ओढाई अभिनन्दन पत्रले सम्मान गरिएको थियो ।
सोही अवसरम विगत ३ दशक अघिदेखी स्थानीय तथा राष्ट्रिय समाचारपत्र घरमा पुर्‍याउने तथा बिक्री वितरण गर्दै आउनु भएका ७३ वर्षिय वृद्ध कृष्ण भक्त श्रेष्ठलाई चामल, दाल, नुन, तेल, बितरण गरिएको थियो ।
धरान उपमहानगर पालिकाका मेयर हर्क राज राईले केक काटी बार्षिकोत्सवको उद्घाटन गर्नुभएको थियौ । दिब्य रोशनी पत्रिकाका सम्पादक मनिता चाम्लिङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा दिव्यरोशनी साप्ताहिकका प्रबन्ध निर्देशक सागर सिंजालीले आगन्तुकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भरतराज शर्माले गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।