खेलकुद

दक्ष फुुटबल प्रशिक्षक उत्पादन गर्न चारदिने प्रशिक्षणको आयोजना


धरान: पछिल्लो समय समयको माग र प्रतिष्पर्धाको युगमा हरेक खेलको प्रशिक्षणमा परिवर्तन हुदै जाँदा फुटबल खेलको प्रशिक्षणमा समेत अब्बल खेलाडी उत्पादन गर्न प्रशिक्षण पनि अब्बल हुनुपर्नेमा जोड दिइएको छ ।
कोशी प्रदेश फुटबल संघदारा आयोजित एसियाली फुटबल काउन्सिल लाइसेन्स ‘डी’ तहको सामुदायिक फुटबल प्रशिक्षक प्रशिक्षण उद्घाटन समारोहमा खेलाडीहरुलाई समय अनुसारको प्रशिक्षणको खाँचो रहेको टेनिङको आयोजना गरेको हो ।
सो अवसरमा बोल्दै कोशी प्रदेश सरकारका कृषि, उद्योग, सहकारी मन्त्री खगेन्द्रसिंह हाङगामले खेलमा कुनै जाति, धर्म तथा समुदाय, संस्कार, संस्कृति तथा राजनीति नहुने भएकोले भविष्यमा नदेखिएका प्रभावशाली खेलाडीहरुलाई देशका कुना काप्चाबाट खोजी गरी नयाँ स्किम अनुसार प्रशिक्षण दिन सकेको खण्डमा अब्बल खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । एन्फा एकाडेमीको हलमा आयोजित प्रशिक्षक प्रशिक्षण उद्घाटन कार्यक्रममा बोल्दै उहाँले संघ, प्रदेश र स्थानीय सरकार मिलेर फुटबल खेलको विकासमा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले अन्य क्षेत्रमा भन्दा तीनै तहका सरकारले फुटबल खेलमा कम बजेट विनियोजन गरेको बताउदै कम बजेट विनियोजनको बाबजुद पनि एन्फाले फुटबल खेलमा गरेको अथक प्रयासलाई कम आक्न नमिल्ने स्पष्ट पार्नुभयो । ताप्लेजुङको प्रगतिशील फुटबल क्लबका संस्थापक अध्यक्ष समेत रहनु भएका अध्यक्ष हाङगामले प्रशिक्षणबाट उत्पादन भएका प्रशिक्षकले राम्रो प्रशिक्षण दिएर राम्रो खेलाडी उत्पादनमा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो ।
एन्फा टेक्निकल डाइरेक्टर एवम् विभागी टिम नेपाल पुलिसका पूर्व कप्तान हरि खड्काले चारदिने आवासीय प्रशिक्षण लाभदायी, फलदायी हुने अपेक्षा लिएको बताउनुभयो । उहाँले खेलाडीको खेल जीवन उमेरको चरणसँगै हराएर जाने भएपनि प्रशिक्षकको पेशा जति काम गर्दै गयो त्यति नै निखारिदै जाने भएकोले प्रशिक्षकको काम एउटा राम्रो खेलाडी उत्पादन गर्ने मात्र नभई जिम्मेवारी वहन गर्ने कामको रुपमा आफूले लिएको बताउनुभयो ।
कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले अब खेल्ने खेलाडीहरुलाई व्यवासायिककरण बनाउने लक्ष्य एन्फाले लिएको बताउनुभयो । उहाँले नेपालले अबको १० बर्षमा विश्वकप खेल्ने उद्देश्यका साथ खेलाडी, प्रशिक्षक तथा खेलको प्रवद्र्धनमा लागेका क्लबहरु अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
एन्फा केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, एएफसीका प्रतिनिधि दीपक राई, एन्फा टेक्निकल डाइरेक्टर शिव लामिछानेले लगायतले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण पश्चात राम्रो, दक्ष खेलाडी उत्पादनमा अग्रसर हुन आग्रह गर्नुभएको थियो ।
४ दिन सम्म चल्ने प्रशिक्षक प्रशिक्षणमा प्रदेशका ६० जना सहभागी रहेका छन् । यो प्रशिक्षणममा सहभागी प्रशिक्षणहरुको तालिमबाट उत्पादन भएका जनशक्तिले भविष्यमा नेपालमा दक्ष खेलाडी उत्पादनसँगै खेलकुदको विकासम सहयोग पुग्ने अपेक्षा समेत लिइएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक