सहित्य/सिर्जना

पलेटीको ४६ औं श्रृंखलामा पुरन याख्खा


धरान: साहित्यका श्रष्टाहरुलाई जीवितै हुदा सम्मान गर्नुपर्दछ भन्ने अभिप्रायले गठन भएको नझरेका फूलहरुको ४६ श्रृंखलामा ‘पलेटीमा पुरन याखा’ समारोह सम्पन्न भएको छ ।
धरान संगीतत प्रतिष्ठानसँगको सहकार्यमा वैशाख २७ गते धरानमा आयोजना गरिएको पलेँटीमा साहित्यकार पुरन याक्खालाई सम्मान गरिएको छ । साहित्य र संस्कृतिका क्षेत्रमा पुरन याक्खाको योगदान अतुलनीय छ ।

यस्तै पत्रकारिताका माध्यमबाट नझरेका फूलहरूको अभियानलाई प्रचारप्रसार गर्न सहयोग पुर्‍याउनु हुने पत्रकार कृष्णचन्द्र सुवेदीजीलाई कदरपत्र प्रदान गरिएको छ ।
धरान प्रतिष्ठानको हलमा आयोजित पलेटीमा लोकप्रिय कविहरू क्रमशः किरण टी लिम्बू , सिजन श्रेष्ठ, देवान किराती, युवराज ठकुरी, गीताप्रसाद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, खेमराज आचार्य र वासुदेव अधिकारीले सम्मानित स्रष्टा पुरन याक्खाका रचनाहरूलाई प्रस्तुत गर्नुभएको थियो ।
लोकप्रिय गायक गायिकाहरू पम्फा चाहार, दुर्गा पराजुली, कृष्णराजा श्रेष्ठ र मेरिना राईले कर्णप्रिय गीतसङ्गीत प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै सम्मानित व्यक्तित्व एवम् साहित्यकार पुरन याख्खाले सर्जकले सिर्जना गरेका साहित्य विभिन्न परिस्थिति, बाधा व्यवधानले सोचे जस्तो समयमै सार्वजनिक गर्न नसकिने अनुभूति भएको उहाँले बताउनुभयो ।
उहाँले सम्मनित हुन पाएकोमा गर्व महसुस गर्नुभयो । साहित्यकार बम देवानको प्रमुख आतिथ्य र धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राई को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान