समाज

भोजपुर सुनसरी सेवा समाजको अध्यक्षमा पुन: रेवतीरमण राई

धरान: भोजपुर सुनसरी सेवा समाजद्वारा शनिवार आयोजित १२ औं साधारण सभा तथा १४ औं अधिवेशनले रेवतीरमण राईको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
धरान–१८ स्थीत देबिथान संरक्षण तथा व्यवस्थापन समितिको सभाहलमा आयोजित अधिवेशनमा पुनः अध्यक्ष राईलाई सर्ब सहमत निर्वाचित भए ।
यसैगरी उपाध्यक्षमा प्रतापसिंह राई, भीमा देबि राई, सचिव भुवनसिंह बस्नेत, सह–सचिव गोपीनाथ योगी, कोषाध्यक्ष पोष्टराज राई र सहकोषाध्यक्षमा राजेन्द्र कट्टेल चयन भएका छन्।
समाजको सदस्यमा बद्री दाहाल, कुमार कार्की, देव प्रधान, लक्ष्मी प्रधान, समति राई, रुफिना राई, सुमित्रा राई(सन्जु), बलिन्द्रबहादुर बि.क., लोककुमारी श्रेष्ठ, आनन्द अधिकारी, कुबिर राई, शिवराज श्रेष्ठ, राजकुमार कार्की, सुरज राई सर्बसम्मत चयन भएका छन्।
बाँकी एक जना सहसचिव भने समाजको आगामी बैठकले मनोनित गरिने अध्यक्ष रेवती रमण राईले बताए।
उक्त अधिवेशनको निर्वाचन मण्डलको अध्यक्ष समाजका सल्लाहकार खम्बासिंह गुरुङ तथा सदस्यहरुमा संस्थाको सल्लाहकार मणिराम राई, नगेशचन्द्र राई, निर्मला राई, सुर्दशन श्रेष्ठ रहेका थिए। नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन मण्डलको अध्यक्ष गुरुङले सपथ ग्रहण गराए।
यसैगरी बाह्रौ साधारण सभा तथा चौथो अधिवेशनमा समाजको कोषाध्यक्ष पोष्टराज राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिव भुवनसिंह बस्नेतले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्बसम्मत अनुमोदन भएको छ।
वि.सं.२०७० सालमा विधिवत रुपमा स्थापित उक्त भोजपुर सुनसरी सेवा समाजलाई योगदान गर्ने पूर्व अध्यक्ष निर्मला राईलाई कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेशको संस्थापक तथा समाजको सल्लाहकार प्रदीपकुमार भण्डारीद्वारा सम्मान गरिएको छ। भने अध्यक्ष रेवतीरमण राईद्वारा आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ।
समाजको सल्लाहकारहरु पूर्व संघीय सांसद जय बान्तावा राई, समाजसेवी गणेश प्रधान, डा.रबिन मास्के, समाजसेवी कमला राई, शिक्षासेवी केशव सुनाम, समाजसेवी प्रकास राईतथा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य देविमाया विश्वकर्मा, डा.अविनाश राई, चेली समुह धरानको अध्यक्ष पुर्णीमाया राई, भोजपुर सुनसरी सेवा समाज इटहरी शाखा अध्यक्ष बिमला प्र्रधान, देविथान संरक्षण तथा व्यवस्थापन समितिको उपाध्यक्ष ज्योति राईलगायतको आतिथ्यता रहेको थियो।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले