सौन्दर्य

मिसेस स्टेट २०२५ सिजन थ्रीको दोस्रो अडिसन संपन्न


धरान: डव्लु डव्लु जि (वुमन्स वर्थ ग्रुप) को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशको दोस्रो अडिसन शनिवार संपन्न भएको छ ।

गृहणि महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थ्रीको दोस्रो अडिसनमा ७ जनाले सहभागी जनाएका छन । धरान पुतली लाइन स्थित चौथो रेष्टरेन्टको हलमा दोस्रो अडिसन संपन्न भएको थियो । वुमन्स वर्थ ग्रुपका अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा संपन्न अडिसनमा निर्णायकको रुपमा महिला संजाल धरानका पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता सविता चाम्लिङ राई, पुर्व मिस कोशि एवं महिला व्यवसायी कृति श्रेष्ठ, कोरियोग्रफर डिजे ललित राई र मिसेस स्टेट दोस्रो सिजनका विजेता पुष्पा फोम्वो रहेको थियो । अडिसनको औपचारिका कार्यक्रममा सहभागिहरुलाई ग्रुपका अध्यक्ष सुजता श्रेष्ठले मिसेस स्टेट सिजन थ्री वारे प्रकाश पारेका थिए । कार्यक्रममा दोस्रो सिजनका विजेता पुष्पा फोम्वोले सहभागिहरु माझ मिसेस स्टेट वारे आफ्नो अनुभव सेयर गरेका थिए । अडिसन ११ वजे देखि २ वजे सम्म चलेको थियो । सहभागिताका लागि सम्पर्क गरिरहेको हुनाले तोस्रो अडिसनको पनि मिति चाडै सार्वजनिक हुने ग्रुपका सचिव ज्योति राईले जानकारी गराए ।  मिसेस स्टेट सिजन थ्रीको ग्रान्ड फिनाले जेष्ठ १७ गते शनिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा हुनेछ ।
मिसेस स्टेट २०२५ सिजन थ्रीका विजेताले नगद रु. ५१ हजार, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । फस्ट रनर अपले नगद रु. २५ हजार, क्राउन, ट्रफि र गिफ्ट हयाम्पर र सेकेन्ड रनरअपले जनहि क्रमशः नगद  एकाउन्न हजार रुपैया, २५ हजार रुपैया, १५ हजार रुपैया, क्राउन, ट्फि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । यसैगरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस  एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ । उनिहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।  

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
सौन्दर्य

महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीले धरानका २७ जना महिलाहरूलाई उद्यम तथा रोजगारीका लागि एक महिने ब्युटी पार्लर तालिम प्रदान