महिला/बालबालिका

मिसेस स्टेट २०२५ सिजन थ्रीको पहिलो अडिसन संपन्न


धरान: डव्लु डव्लु जि (वुमन्स वर्थ ग्रुप) को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थ्री कोशि प्रदेशको पहिलो अडिसन शनिवार संपन्न भएको छ ।

गृहणि महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थ्रीको पहिलो अडिसनमा ८ जनाले सहभागिता जनाएको छ । धरान पुतली लाइन स्थित हाङकुक साराङ रेष्टुरेन्टको हलमा पहिलो अडिसन संपन्न भएको छ । वुमन्स वर्थ ग्रुपको अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा संपन्न अडिसनमा निर्णायकको रुपमा महिला संजाल धरानका पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता शिला वज्रचार्य, कोरियोग्रफर डिजे ललित राई, मिसेस स्टेट पहिलो सिजनका विजेता संझना विश्वकर्मा र धरान मेघा हिमालयन कलेजका होटल म्यानेजमेन्ट विभाग प्रमुख पोषणवावु श्रेष्ठ रहेको थियो । अडिसनको औपचारिक कार्यक्रममा सहभागिहरुलाई ग्रुपका अध्यक्ष सुजता श्रेष्ठले मिसेस स्टेट सिजन थ्री वारे प्रकाश पारेका थिए । कार्यक्रममा पहिलो सिजनका विजेता संझना विकले सहभागिहरु माझ मिसेस स्टेट वारे आफ्नो अनुभव सेयर गरे । अडिसन ११ वजे देखि दुई वजे सम्म चलेको थियो । दोस्रो अडिसन वैशाख १३ गते शनिवार पुतलि लाइन स्थित चौथो रेष्टुरेन्टमा हुने ग्रुपका सचिव ज्योति राईले जानकारी गराए ।  मिसेस स्टेट सिजन थ्रीको ग्रान्ड फिनाले जेष्ठ १७ गते शनिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा हुनेछ ।
मिसेस स्टेट २०२५ सिजन थ्रीका विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपले जनहि क्रमशः नगद ५१ हजार रुपैया, २५ हजार रुपैया, १५ हजार रुपैया, क्राउन, ट्रफि र प्राप्त गर्नेछ । यसैगरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस  एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ । उनिहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।  

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम