खेलकुद

प्रथम स्व. पार्वती लिम्बु स्‍मृति फुटबल प्रतियोगीतामा धरान सिटी एफ सि को बिजय सुरुवात


धरानमा सुरु भएको प्रथम स्व. पार्वती लिम्बु स्‍मृति फुटबल प्रतियोगीतामा धरान सिटी एफ सि ले बिजय सुरुवात गरेको छ । धरान -१६ स्थित धरान रङशालामा आजबाट सुरु भएको पहिलो उदघाटन खेलमा धरान सिटी एफ सिले धरानलाई अर्को क्लब प्रगतीशील एफ सि लाई १-० गोलले पराजित गर्दै बिजय भएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेपनी दोस्रो हाफको ११ औ मिनेटमा धरान सिटी एफ सि का जर्सी नम्बर ११ का निमा शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन । उनले गरेको गोल नै निर्णयक गोल भएको छ । खेलको म्यान अफ द म्याच पनि निमा घोसित भए उनले नगद र ट्रफी प्राप्त गरे ।

आजको उदघाटन खेल आयोजकका तर्फबाटमा स्व. पार्वती लिम्बुका छोरा वाइसियल नेपालका केन्द्रिय सचिव श्री सुब्बाको अध्यक्षतामा भएको थियो । उदघाटन खेलका प्रमुख अतिथी धरान उमपहानगरपालिकाका उप प्रमुख आइन्द्र बिक्रम बेघा थिए । उनले खेलकुदको राजाधानी धरानमा स्व. पार्वती लिम्बु स्‍मृति फुटबल प्रतियोगीताले धरानको खेल जगतमा ठुलो योगदान पुग्ने अपेक्षा गरे । यस्ता स्थानिय प्रतियोगीताहरुले धरानका उदयमान खेलाडीहरु लाई राम्रो अवसर प्रदान गर्ने विश्वाश व्यक्त गरे । खेलले शारिरिक मानशिक र सामाजिक रुपमा निकै लाभ पुग्ने भएकाले आयोजना गर्ने आयोजकलाई धन्यवाद दिए ।

अगामी बैशाख १३ गते सम्म हुने प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगीतामा धरान सिटी एफ सि, प्रगतीशिल एफ सि , मरिक एफ सि ,स्वर्णिम एफ सि ,फुटसल एफ सि, अण्डर १६ धरान सिटी एफ सि, शान्ती नगर एफ सि र ब्रदर्स कलेक्सन केराबारी रहेका छन । प्रतियोगेताको दोस्रो दिनको खेल बैशाख ९ गते दिउसो दुई बजे मरिक एफ सि र स्वर्णिम एफ सि बिच धरान रङ्गशालामा हुनेछ । प्रतियोगिताको बिजेता टिमलाई नगद रु १ लाख रुपैया पुरस्कार सहित ट्रफी,मेडल र उपबिजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने संयोजक सुब्बाले जानकारी दिए ।

यसैगरी ब्यक्तिगत पुरस्कार उत्कृष्ट खेलाडीलाई नगद १० हजार, सार्वधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई १०÷१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट कोच, राईजिङ्ग प्लेयरलाई नगद ५ हजारका साथै हरेक खेलको म्यान अफ दि म्याचलाई नगद रु एक हजार प्रदान गरिने सयोजक सुब्बाले जनाए । प्रतियोगीता धरान रंगशाला धरान १६ मा हुने भैरहेको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक