
धरान: कोरोना संक्रमणपछि धरानको होटल व्यवसायीहरु सुस्ताउदै गएको अवस्थामा व्यवसायीहरुले नयाँ नयाँ सोचका साथ व्यवसायलाई चलायमान बनाउने काम गर्न थालेका छन् ।
आर्थिक मन्दीले व्यवसाय नै संकटमा परेको बेला धरानको बारट्रेनिङ एण्ड वाटिस्टा एकाडेमी तथा डेली डोजले ‘न्यू इयर फुड फेस्टिवल’ को शुरुवात गरेको छ । सोमबार फेस्टिबलको उद्भघाटन धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र क्रिम बेघाले गर्नुभयो । धरान–३ माछाभौडिस्थित डेली डोज क्याफे परिसरमा सञ्चालन भएको फेस्टिबल आउदो बैशाख ४ गतेसम्म सन्चालन हुने भएको छ ।
उद्घाटन पश्चात बोल्दै धरान उपमहानगरपालिकाका उपमेयर बेघाले धरानको होटल व्यवसाय खस्किदै गएको अवस्थामा यस्ता फेस्टिबलको आयोजनाले व्यवसाय प्रवद्र्धनमात्र हैन धरानमा आर्थिक चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।
एकाडेमीका व्यवस्थापक रणजीत राईले कोरोना संक्रमणले थिलथिल बनाएको व्यवसायलाई चलयमान बनाउन फेस्टिबलको आयोजना गरिएको बताउनुभयो । उहाका अनुसार फेस्टिबलमा बिभिन्न मौलिक खानाका परिकारहरुका १३ वटा स्टलहरु रहेका छन् ।
बिहान १० बजेदेखी राती १० बजेसम्म सन्चालन हुने फेस्टिबलमा फेस्टिबल अवधिभर प्रत्येक दिन धरानका स्थानिय ब्यान्डहरुको प्रस्तुती रहने संगीतिक कार्यक्रम इभेन्ट मेनेजर सन्तोष थापा मगरले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिका ३ नंं वडा समितिका वडाध्यक्ष विद्या शाक्य, नेकपा एस धरान उपमहानगर समितिका अध्यक्ष रेवतीरमण राई लगायतले यस्ता खालका फेस्टिबलले आर्थिक चलयमान बनाउन मद्धत पुग्ने बताएका थिए । फेस्टिबलबाट करिब १५ लाख आम्दानी हुने लक्ष्य राखिएको छ ।