खेलकुद

२५ औं टेष्टी टेष्टी गोधुली रनिङ कप: १७ नं. वडालाई पराजित गर्दै १४ नं. वडा फाइनलमा

धरान: २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १७ नं. वडालाई पराजित गर्दै १४ नं. वडा फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार साँझ भएको दोस्रो सेमिफाइनल खेलमा १७ नं. वडालाई ३–२ गोल अन्तरले पराजित गर्दै १४ नं. वडा फाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातमा नै विवाद भएपछि आधा घण्टा खेल अवरुद्ध भएको थियो । १४ नं. वडाका डिफेन्सले डिबक्स भित्र १७ नं. वडाका तपन कार्कीलाई फल गरेको भन्दै निर्णायक मो. फारुख अहमदले १७ नं. वडालाई पेनाल्टी प्रहार गर्न दिएपछि खेलमा विवाद भएको थियो । खेल सुरु भएको तेस्रो मिनेटमा नै भएको विवादका कारण १४ नं. वडाका खेलाडीले खेल्न नमानेपछि आयोजकले सहजीकरण गरेको थियो । निर्णायकको निर्णय बमोजिम १७ नं. वडाले पेनाल्टी प्रहार गर्ने तर गोल नगर्ने सहमती भएसँगै खेल सुरु भएको थियो । १७ नं. वडाका कप्तान दिवस सुनुवारले पेनाल्टी प्रहार गर्दै १४ का गोल रक्षकलाई बल पास मात्रै गरेका थिए ।

विवादका बीच सुरु भएको पहिलो हाफमा ३३ मिनेटको समय थप गरिएको थियो । खेलमा अग्रता भने १७ नं. वडाले लियो । खेलको ५० औं मिनेटमा सबिन राईको पासमा कृष्ण राईले गोल गर्दै १७ नं. वडालाई अग्रता दिलाएका थिए । तर ४ मिनेट बित्न नपाउदै १४ नं. वडाले खेल बराबरी गर्‍यो । दिपेश बस्नेतको क्रस पासमा १४ का कप्तान बिवेक राईले गोल गरी खेललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६५ औं मिनेटमा गोल गर्दै विपिन श्रेष्ठको पासमा निमोश तामाङले हेड गोल गर्दै १४ नं. वडाले खेलमा २–१ को अग्रता लियो ।

दोस्रो हाफको ३४ औं मिनेटमा कृष्ण राईको पासमा सुशिल राईले उत्कृष्ट गोल गर्दै १७ नं. वडालाई खेलमा फर्काएका थिए । गोल किपरलाई लागेर रिबाउण्ड भएको बललाई पुनः प्रहार गरी सुशिल राईले जाली चुमाउदै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसको ४ मिनेट बित्न नपाउदै १४ नं. वडाका निमेश तामाङले गोल गर्दै टोलीलाई ३–२ को अग्रता दिलाउन सफल भए । १४ नं. वडासँग पराजित भएको १७ नं. वडा भने प्रतियोगिताबाट बाहिरिएको छ ।


अब बिहीबार फाइनलमा उपाधीकालागी १४ नं. वडाले १५ नं. वडासँग भेट पक्का गरेको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइलनमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक