
धरान: हराईजन क्लव धरान १७ को आयोजनामा आज शनिवारबाट शुरु भएको हराईजन बास्केटब बल अन्तर्गतको उद्घाटन खेल त्रिभुवन आर्मी र धरान (कालो) विजयी बनेका छन् ।
धरान १७ स्थित श्री माध्यमिक विद्यालयको बास्केट बल कोर्टमा आयोजित प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले धरान हरियोलाई ९९–५५ स्कोर र धरान कालोले झापा बास्केट बल क्लबलाई ९६–४२ स्कोर अन्तरले हराउदै विजयी शुरुवात गरेका हुन् ।
पहिलो खेलकोे म्यान अफ दि म्याच त्रिभुवन आर्मीका निकेश मगर र दोस्रो खेलको म्यान अफ द म्याच धरान (कालो) का रबिन मगर घोषित हुदै नगद ५/५ हजार र प्रमाणपत्र हात पारे ।
प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा आर्मीले २३–२६–३०–२० स्कोर ल्याएको थियो भने धरान (हरियो)ले १६–१८–७–१८ स्कोरमात्र जोड्न सफल भएको थियो । यस्तै दोस्रो खेलमा धरान कालोले २६–२५–१९–२६ र झापाले ७–१३–१६–६ स्कोर जोडेको थियो ।
बास्केट बल प्रतियोगिताको माध्यमबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक बर्ष निरन्तर आयोजना गर्दै आएको सो प्रतियोगिताको उद्घाटन धरान उपभमहानगरपालकाका पूर्व मेयर तिलक राईले गर्नुभएको थियो ।
चैत्र १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टिम बिच २ समूहमा लिग प्रणालीमा प्रतिस्पर्धा हुने खेलमा २ समूह विजेता फाइनल खेल हुनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी, विशाल मिलन केन्द्र काठमाडौँ, हाउण्ड बास्केटबल, मोरङ बास्केटबल संघ, झापा बास्केटबल संघ, धरान हरियो र धरान (कालो) गरी ६ वटा टिमले प्रतिष्पर्दामा भाग लिएका छन् ।
प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।