खेलकुद

इटहरी गोल्डकपः राष्ट्रिय जागृति क्लबलाई हराउदै युकेएफसी सेमिफाइनलमा प्रवेश


धरान: राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै युकेएफसी १५ औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आजदेखि इटहरी रङ्गशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेल राष्ट्रिय जागृति क्लब र युकेएफसीबीच भएको थियो । खेलको ११ औँ मिनेटमा जागृति क्लबका एलेक्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थियो । उनले उमेश कार्कीले कर्नरमा प्रहार गरेको बललाई ‘हेड’ मार्फत गोल गर्न सफल भएका थिए ।
खेलको २१औँ मिनेटमा युकेएफसीका सत्यम शर्माले प्रहार गरेको ‘फ्री किक’लाई गोलकिपरले रोक्न नसकेपछि गोल भएपछि दुवै टोलीको खेल बराबरी भएको थियो । खेलको ५५औँ मिनेटमा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने उनले गरेको गोल निर्णायक बन्न पुग्यो ।
आजको खेलको ‘म्यान अफ दी म्याच’ युकेएफसीका सत्यम शर्मा घोषित भएका छन् । उनलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ । यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् ।
आइतबार दोस्रो क्वाटरफाइनल खेल बुढासुब्बा गोल्डकप च्याम्पियन न्युरोड टिम (एनआरटी) र सगरमाथा युथ क्लब मोरङबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद र ५ लाख पुरस्कार पाउनेछन् ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख, प्रत्येक खेलको म्यान अफ दी म्याच हुने खेलाडीले रु १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्नेछनभने सर्वाधिक गोलकर्ता खेलाडीले नगद रु २५ हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले बताए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक