मनोरञ्जन समाचार

आज एक्स्पोमा माया साट्न गायिका रचनाको निम्तो



धरान: प्रणय दिवसको दिन आज धरानमा रचना दाहालले बिजनेश एक्स्पोमा प्रेम दिवस मनाउने उद्घोष गरेकिछिन् ।
वशेष सेलेब्रेसनकै लागि भनेर रचनालाई धरान बोलाइएको सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार आजको प्रस्तुतिमा विशेष लाइट र साउण्डसिस्टम थप गरिएको छ । उनले भने काठमाण्डौंबाट दश लाखको त लाइट मात्रै ल्याएकाछौं ।
रचनाको गीतसंगै कलाकारहरुको प्रत्यक्ष अभिनयका लागि भनेर दुइदिनदेखि नै गायिका रचना दाहाललाई धरान बोलाएर अभ्यास गराइरहेकाछौं । श्रेष्ठले भने अहिलेसम्मका नगरिएको अभ्यास गरेकाछौं यसले एक्स्पोलाई झन हेर्न लायक बनाउनेछ ।
पछिल्लो पुस्ताले रुचाएकी गायिका रचना दाहाल धरानमा जारी विजिनेश एक्स्पोमा मात्रै होइन धरानमै पहिलो पटक प्रस्तुत हुँदैछिन् । आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे का दिन धरानने फ्यानहरुसंग गायिका रचना रमाउनेछिन् ।
दाहालकोे “आज्ञा, भूमरी, दागवत्ति, हे भगवान, सपनाको राजा” जस्ता गीतहरुले युटुवमा धेरै भ्युज पाएका लोकप्रिय गीतहरु रहेकाछन् ।
धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।
फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता