धरान विशेष

सामाजिक सञ्जाल प्रयोग, नियमनसम्बन्धी विद्येयकको धरानका युवाहरुद्वारा विरोध


धरान: सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसबन्धी विद्मेयकले सर्वसाधारणको वाक स्वतन्त्रता हनन गर्ने किसिमले ल्याएको भन्दै धरानका युवा समूहले विरोध जनाएका छन् ।
उनीहरुले धरान १ पुरानो अस्पतालबाट विरोध र्‍याली निकालेर धरान २ भानुचौकमा आएर कोणसभाको आयोजना गरेका थिए ।
सरकारले राष्ट्रिय सभामा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गरी छलफलसमेत अघि बढाइसकेको अवस्थामा मुलुकभरि सर्वत्र विधेयकको विरोध भइरहेकोे छ । सरकारले ल्याएको सो विद्येयकले सर्वसाधारणले लोकतन्त्रमा स्वतन्त्र रुपमा विरोध गर्ने अधिकारलाई कुण्ठित गरेको भन्दै धरानका युवाहरुले विद्येयक कुनै पनि हालतमा पास गर्न नहुने बताएका थिए । संविधानमा समेत वाक स्वतन्त्रताको विषयमा स्पष्ट व्याख्या गरेको अवस्थामा अहिले संविधान जारी गर्ने र सत्तामा रहेका दलहरुबाटै सामाजिक सञ्जाललाई नियन्त्रणमा लिएर कुन्ठित बनाउने खालको विद्येयक आफूहरुलाई मान्य नहुने बताएका छन् ।
सो अवसरमा विरोध सभाको अगुवा गर्नु भएका नविन राईले सत्तापक्षका भातृसंगठनहरुले समेत विद्येयकको विरोध गर्दै आएको बताउँदै सर्वत्र भएको विरोधलाई कमजोर ठानिए यो विरोध अझ बढेर जाने र यसले ठूलो रुप लिने चेतावनी विरोध कार्यक्रमका अगुवा गर्नुभएका राईले दिनुभएको थियो ।
सरकारले ल्याएको विद्येयकको कुनै कुनै दफामा उल्लेख भएको व्यवस्थाले राज्य सत्तामा बस्नेलाई मनोमानी गर्ने छुट रहने तर विरोध गर्ने सामाजिक सञ्जाल प्रयोगकर्ता कानुनी रुपमा दोषि हुदै सजायको भागीदार बन्ने खालका रहेको बताउदै तानाशाही प्रवृत्तिको यस्ता विद्येयकले वाक स्वतन्त्रतामाथि सर्वसाधारणलाई कुण्ठित बनाएर तानाशाही बन्न खोजेको उनीहरुको भनाई छ । उनीहरुले स्वतन्त्रता पूर्वक बोल्न र लेख्न पाउने नागरिकको अधिकारलाई इंगित गर्दै ‘बोल्नदेउ सरकार’ भन्दै नारा समेत लगाएका थिए ।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।