मनोरञ्जन समाचार

बिजनेस एक्स्पो धरानमा आज चौथो दिन तृष्णा गुरुङ आउने



धरान: चर्चित गायिका तृष्णा गुरुङले आज धरान विजिनेश एक्स्पोमा तिम्रो नाम के हो बन्दै धराने युवाहरुको नाम सोध्ने भएकीछिन् । धरानमा जारी विजिनेश एक्स्पोको आज चौथो दिन तृष्णा गुरुङले मञ्चबाट युवाहरुको नाम सोध्ने भएकीहुन् ।
यस समयकी चर्चित गायिका उनको ब्याण्ड “द कोल्याब” संगै धरान आइसकेकिछिन् । अहिलेसम्मका प्रस्तुतिमा सबै कलाकारहरुले ट्र्याकमा प्रस्तुति दिएका छन् तर तृष्णाले भने लाइभ बाध्यबादन सहित ब्याण्ड सहित मञ्चमा उत्रिनेछिन् । आजको प्रस्तुतिले एक्स्पोको माहोल तताउने छ भने धराने दर्शकलाई मैदानमा नचाउने छन् ।
मंगलबार (आज) साँझ ५ बजेदेखि हुने सांगीतिक कार्यक्रममा स्थानीय कलकारहरुको पनि प्रस्तुती रहेन छ ८ बजे गायिका तृष्णा गुरुङ र उनको ब्याण्ड द कोल्याब स्टेज चढ्ने सांगीतिक कार्यक्रमका इभेन्ट म्यानेजमेन्ट प्रमुख शौरभ श्रेष्ठले जानकारी गराउनुभयो ।
नेपालको चर्चित रियालिटी शो द भाइसका निर्णायक बनिसकेकी तृष्णा गुरुङको “माया पिरती, खाने हो यमुना, गाइने दाइ नाम के हो भनन, सुन कान्छा” जस्ता सदाबहार जर्चित गीतहरु लोकप्रिय छन् ।
नयाँ पुस्ता माझ लोकप्रिय गायिका तृष्णाले पूर्वका दर्शकहरुसंग प्रत्यक्ष भेटघाट गर्न भने कमै मौका पाएकीछिन् । आजको उनको प्रस्तुतिले धेरै उनका फ्यानहरुलाई राहत हुने एक्स्पो मुल व्यवस्थापन समितिका संयोजक राजेश अग्रवालले बताउनु भयो ।
धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।
फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता