धरान विशेष

खेलकुदको माध्यमबाट धरानले आफ्नो इतिहास रचेको छ: मुख्यमन्त्री कार्की

धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको माध्यमबाट धरानले आफ्नो इतिहास रच्न सफल भएको बताउनु भएको छ ।
धरान–१६ स्थित रङ्गशालामा सम्पन्न २५ औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा बोल्दै उहाँले धरान सांस्कृतिक पर्यटनक्षेत्रदेखि खेलकुदको महत्वपूर्ण ‘हब’का रूपमा स्थापित भएको बताउनुभयो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५ वर्षसम्म निरन्तर प्रतियोगिता सञ्चालन गरेर नेपाली फुटबलको क्षेत्रमा नयाँ पहिचान स्थापित गरिएको उल्लेख गर्नुभयो । “धरानको भविष्य खेलकुद र पर्यटन विकासमा उज्ज्वल छ । यहाँहरूले निरन्तर प्रतियोगिता आयोजना गरेर यसमा धेरै ठूलो योगदान गर्नुभएको छ । प्रदेश सरकारले धरानलाई पर्यटन र खेलकुदको केन्द्र बनाउन आवश्यक योजना तथा बजेटको व्यवस्था गर्नेछ”, उहाँले भन्नुभयो, “धरानलाई सबै मिलेर समृद्ध र सबै क्षेत्रमा उत्कृष्ट नमूना नगरका रूपमा विकास गर्नुपर्ने आजको आवश्यकता छ । यहाँको विकास र समृद्धिका निम्ति प्रदेश सरकार सधैँ साथमा छ ।”
धरानमा खानेपानीको उपलब्धताका लागि प्रदेश सरकारले वार्षिक रूपमा भूमिगत पानीका लागि आवश्यक बजेट विनियोजन गर्दै आएको र अब अन्य योजना अगाडि बढाउने तयारी गरिरहेको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।