
धरानमा जारी विजिनेश एक्स्पो धरानको पहिलो दिन आज राजेश पायल राईको एकल प्रस्तुति हुने भएको छ । शनिबार दिउँसो १ बजेदेखि जारी एक्स्पोमा साँझ ८ बजे राई इज किङको उपनामले ख्याति कमाएका राजेशपायल राईले एकल प्रस्तुति हुने छ ।
राजेशपायल राईको सबैभन्दा बढी फ्यान रहेको पूर्वको शहर मध्ये धरान एक नम्बरमा आउँछ । धरान भनेपछि हुरुक्कै हुने राईले पछिल्लो एक वर्षयता धरानमा एकल प्रस्तुति दिने समय पाएका थिएनन् । भर्सटायल गायक राई स्टेजका पनि किङ नै मानिन्छन् । धरानमा हुने राजेशपायल राईका सबै कार्यक्रमहरुले दर्शकहरुको साथ पाउँदै आइरहेको छ । सांगीतिक संघर्षका सुरुवाती दिनहरु धरानबाटै थालेका राई करिव साढे तीनदशक नेपाली गीत संगितको शिर्षस्थानमा राज गरिरहेका छन् ।
आज एक्स्पोको उद्घाटनका दिन राईले मैले मायाले दिएको चिनो लगायत उनका पछिल्लो चर्चाको शिखरमा रहेका दर्जनौ गीतहरुबाट एक्स्पोमा आउने आगन्तुकहरुलाई मनोरञ्जन दिलाउनेछन् ।
धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो । एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने पनि श्रेष्ठले जानकारी गराउनुभयो ।