खेलकुद

कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिता “प्रदेश प्रिमियर लिग” माघ २८ देखि धरानमा हुने

धरान: कोशी प्रदेश फुटबल संघ एन्फाको आयोजनामा कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिता प्रदेश प्रिमियर लिग माघ २८ गते देखी धरान रङ्गशालामा सुरु हुने भएको छ। प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्ला च्याम्पियन फुटबल क्लबहरू बिच प्रतिस्पर्धा हुनेछ ।

कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले शुक्रवार बिहान एन्फा एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा भने ‘जिल्लाका क्लबहरूलाई नेपाली फुटबलको महत्त्वपूर्ण राष्ट्रिय लिग ‘ए’ डिभिजनका लागि खेल्ने अवसर प्रदान गर्न प्रदेश प्रिमियर लिग आयोजना गरिएको हो ।’

प्रिमियर लिगमा सहभागी ११ जिल्ला च्याम्पियन क्लबहरू बिच हुने  प्रतियोगिताबाट २ वटा पहिलो र दोस्रो हुने लिग विजेता क्लब अन्तर प्रादेशिक लिग फुटबलकालागि छनौट हुनेछन् ।

प्रतियोगिताको ४ समूहमा समूह ‘ए’ लोह रुङ फुटबल क्लब सङ्खुवासभा र पाँचथर युनाइटेड फुटबल क्लब पाँचथर छ ।समूह ‘बी’ मा गाईघाट फुटबल क्लब उदयपुर, लैबरी फुटबल क्लब भोजपुर, सम्राट् रिपोर्टिङ फुटबल क्लब मोरङ छन् । समूह ‘सी’ मा देउराली युवा क्लब धनकुटा, धाई जन चारआली फुटबल क्लब झापा, रेड हर्स फुटबल क्लब इलाम छन् । समूह ‘डी’ मा धरान फुटबल क्लब सुनसरी, प्रगतिशील युवा क्लब ताप्लेजुङ, बुईपा ११ फुटबल क्लब खोटाङ रहेका छन् ।

प्रिमियर लिगको सुपर ४ का लागि प्रथम पुरस्कार २ लाख रुपया रहेको छ । दोस्रो पुरस्कार १ लाख ५० हजार, तेस्रो १ लाख २५ हजार, चौथो पुरस्कार १ लाख रुपया रहेको छ । प्रतियोगिताको वेस्ट प्लेयरले ५० हजार रुपया पाउने छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक