
धरान: जिल्ला स्तरीय अन्तर स्कुल छात्रा छात्र भलिबल प्रतियोगितामा छात्रा तर्फ पूर्वाञ्चल स्कुल तरहरा, धरान आर्दश र छात्र तर्फ जनता मा.वि. ईटहरी, बालबिकास पकली फाईनलमा प्रवेश गरेका छन् ।
आज शुक्रबार भएको सेमिफाईनलमा छात्रा तर्फ ६ टिम र छात्र तर्फ ३ वटा टिम बिच प्रतिस्पर्धा भएको हो ।
धरान १५ मा रहेको युनाईटेड गोर्खा एकडेमी बोडिङ स्कुलले युनाईटेड गोर्खा एकडेमी कप २०८१ को ११ औं संस्करण आयोजना गरेको छ । युनाईटेड स्कुल परिसरमा भएको क्वाटरफाईनल खेलमा छात्रा तर्फ डिपोट स्कुल धरान, लर्ड बुद्ध स्कुल रामधुनी,पूर्वाञ्चल स्कुल तरहरा, धरान आर्दश स्कुल धरान बिजयी भएका थिए । छात्रा तर्फ शुक्रबार नै ४ बिजेता स्कुलहरु बिच प्रतिस्पर्धा भै सेमिफाईनल खेल भएको थियो । सेमिफाईनलबाट छात्रा तर्फ पूर्वाञ्चल स्कुल तरहरा फाईनल प्रवेश गरेका हुन ।
भने छात्र तर्फको सेमिफाईनल खेलमा बालबिकास स्कुल पकली ,जनता मा.वि. ईटहरी, सयपत्री स्कुल तरहरा बिजेता भएका थिए उनीहरु बिच भएको प्रतिष्पर्धाबाट छात्र तर्फ जनता मा.वि. ईटहरी, बालबिकास पकली फाईनलमा प्रवेश गरेका छन् ।
सेमिफाईनल खेलको म्यान अफ द म्याच छात्रा धरान आर्दशकी प्रतिक्षा जोशी भएकी छिन भने क्वाटर फाईनल खेलको म्यान अफ द म्याच धरान आर्दशकी बिमला श्रेष्ठ, लर्डबुद्ध रामधुनीकी स्वेच्छा चौधरी , डिपोट स्कुलकी प्रियङका राईका भएकी थिईन । भने सेमिफाईनल खेलको म्यान अफ द म्याच बाल बिकासका समिर गिरी भएका छन । खेलका म्यान अफ म्याचह्रुले नगद १२ सय रुपैया सहित मेडेल प्राप्त गरेका छन ।
छात्रा तर्फको क्वाटरफाईनल खेलबाट हिम शिखर ईटहरी, सयपत्री स्कुल तरहरा , बिश्व आर्दश ईटहरी प्रतियोगिताबाट बाहिरीएको छन । भने छात्र तर्फको खेलबाट सयपत्री स्कुल तरहरा बाहिरीएको छ ।
प्रतियोगिताको तेस्रो स्थानको प्रतियोगिता छात्रा तर्फ लर्ड बुद्ध रामधुनी र डिपोट स्कुल धरान बिच हुने भने छात्र तर्फ पूर्वाञ्चल स्कुल तरहरा र सरस्वती मा.वि. पनमारा बिच हुने भएको छ ।
प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका थिए । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्रा टिम रहेको थियो । भोली माघ २६ गते हुने फाईनल खेलको बिजेताले नगद २५ हजार ,उपबिजेताले २० हजार तेस्रोले १५ हजार सहित ट्रफी, मेडल सहित प्रमाण पत्र प्राप्त गर्ने छन । व्यक्तिगत विधा तर्फ वेष्ट सर्भिस, वेष्ट डिफेन्स, बेष्ट सेटर, वेष्ट स्पाईकर, वेष्ट ब्लकर, वेष्ट प्लेयरले नगद १२ सय प्रमाणपत्र र ट्रफी पाउने भएका छन ।