खेलकुद

बुढासुब्बा गोल्डकपमा आज बाट पार्किङ शुल्क नलाग्ने

धरान फुटबल क्लवको आयोजनामा धरान १६ रगंशालामा भैरहेको २५ औं अन्तराष्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपमा आज देखि पार्किङ शुल्क नलाग्ने भएको छ।

धरान फुटबल क्लवद्वारा आज जारी विज्ञप्तीमा २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना भई रहेको यस समयमा धरान रंगशालामा दर्शकहरुको सवारी साधनको पार्किङ्गको विषयलाई लिएर सामाजिक संजालमा प्रश्न उठेकोमा धरान फुटबल क्लबको ध्यानाकर्षण भएको छ । सर्वप्रथम प्रतियोगिता हेर्न आउने दर्शकहरुले आफ्नो सवारी साधन रंगशाला बाहिर पार्किङ्ग गरेर ढुक्कसँग खेलको मनोरञ्जन लिओस भन्ने क्लबको मनसाय हो । दर्शकले पार्किङ्ग शुल्क तिरेपछि दर्शकको सवारी साधनको सुरक्षाको जिम्मेवारी पार्किङ्गको जिम्मेवारी लिने संस्था नै हुन्छ। विगत लामो समय देखि नै खेलकुद सम्बन्धी संस्था तथा सामाजिक संस्थाहरुलाई नै सहयोग पुगोस भन्ने उद्देश्यले क्लबले पार्किङ्गको जिम्मेवारी विभिन्न खेलकुद सम्बन्धि तथा सामाजिक संस्थाहरुलाई दिँदै आएको उल्लेख गरेको छ।

धरान १९ स्थित युवा जागृति फुटबल क्लबलाई हामीले पार्किङ्गको जिम्मेवारी दिएका हौं । क्लबले पार्किङ्गबाट कुनै पनि रकम लिएका छैनौ र हाल सम्म लिने पनि गरेका छैनौं । यति हुँदा हुँदै पनि पार्किङ्ग सम्बन्धी प्रश्न उठेपछि क्लबको आजको बैठकले आजै देखि लागु हुने गरि सवारी पार्किङ्ग निःशुल्क हुने र दर्शकको सवारी साधनहरु हरायो, टुटफुट भएको अवस्थामा त्यसको जिम्मेवारी धरान फुटबल नहुने विज्ञप्ती मार्फत जानकारी गराएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक