खेलकुद

हिसान सुनसरीद्वारा आयोजित “हिसान स्पोर्टस मिट” माघ १३ गते देखि सुरु हुने

इटहरी: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) द्वारा आयोजित खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ माघ १३ देखी सुरु हुने भएको छ ।

आइतबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११औँ संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो । 

एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिए ।

विगत दुई बर्सदेखि सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको कार्यक्रम संयोजक सुभाष लुइँटेलले जानकारी दिए ।

विगतका बर्सहरूमा हिसान सुनसरीमा आबद्ध शिक्षालयका बिद्यार्थीहरुको मात्र सहभागिता सुनिश्चित गरिएको हिसान रनमा यस पटक पब्लिक क्याटगोरी अन्तर्गत जो कोहीलाई खुला गरिएको संयोजक लुइँटेलले जानकारी दिए ।

स्पोर्टस मिट अन्तर्गत फुटबल इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा हुनेछ भने क्रिकेट इटहरी-९ स्थित जनता क्रिकेट मैदानमा सञ्चालन गरिने बताइएको छ । 

भलिबल पूर्वाञ्चल मावि तरहरा इटहरीमा, बास्केटबल धरानस्थित सियोन स्कुलको कोर्टमा र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रङ्गशालामा खेलाइने हिसान सुनसरीले जनाएको छ । उक्त प्रतियोगिताहरू सम्पन्न गर्न सम्बन्धित खेलको जिल्ला सङ्घहरूलाई संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

वक्तृत्वकला, कविता प्रतियोगिता, बुद्धिचाल, टेबल टेनिस, ब्याडमिन्टन र हाजिरी जवाफ प्रतियोगिता भने केही दिनअघि सम्पन्न भइसकेको संयोजक लुइँटेलले जानकारी दिए ।

माघ १९ गते धरान आदर्श सेकेण्डरी स्कुलमा नृत्य प्रतियोगिताको गर्दै स्पोर्टस मिट समापन गरिने अध्यक्ष भट्टराईले बताए ।

सुनसरी जिल्लाभरिका ८ सय विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने खेल उत्सवमा १५ हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने हिसान सुनसरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक