धरान विशेष

खानेपानीको एजेण्डाले जितेको ३३ महिना पछि थोत्रो गाग्री  आन्दोलनामा मेयर साम्पाङ

धरान: काकाकुल शहर धरानमा खानेपानीको चरम समस्या रहेको समस्यालाई दीर्घकालीन समाधान गर्ने मुख्य एजेण्डा बोकेर स्वतन्त्र उमेदवारीबाट २०७९ वैशाखमा भएको स्थानीय चुनाव जितेर मेयर भएका हर्क साम्पाङले केन्द्र सरकार संगको एकल आन्दोलन सुरु भएको भन्दै थोत्रो गाग्री बोकेर आन्दोलन घोषणा गरेका छन।

आज आईताबार भानुचोकमा थोत्रो गाग्री बोकेर मेयर साम्पाङ ३० मिनेट उभिएका थिए। कोशीको पानी ल्याउन बरम्बार केन्द्र सरकारका खानेपानी मन्त्री, प्रधानमन्त्रीलाई माग गर्दा सुनुवाई नगरेको भन्दै थोत्रो गाग्री सहित काठमाडौ गएर माघ ८ गते खानेपानी मन्त्री, अर्थ मन्त्री र प्रधानमन्त्रीलाई भेटेर धरानको लागि खानेपानी माग गर्ने मेयर साम्पाङले बताएका छन।

धरानको भानुचौकमा रित्तो गाग्री प्रदर्शन गर्दै उनले स्वतन्त्र मेयर भएकै कारण प्रदेश र संघीय सरकारले धरानको खानेपानीको समस्या समाधानमा  सहयोग नगरेको आरोप लगाए । उनले धरानमा बर्षौदेखि धरानमा खानेपानी समस्या हुदा आफूले अल्पकालीन समस्या समाधान गरे पनि भावी पुस्ताका लागि दीर्घकालीन समस्या समाधानमा सरकारलाई झक्झकाउनकै लागि विरोध स्वरुप थोत्रो गाग्री प्रदर्शन गरेको बताए ।

खानेपानीको मुद्वाबाट चुनाव जितेको ३३ महिना हुदा सम्म धरानमा खानेपानी समस्या समधान हुन नसके पछि र सुख्खायाम सुरु भए संगै धरानमा खानेपानी समस्या हुन थालेको छ। धराने जनताले खानेपानीको समस्या भए पछि जनताबाट आउने गुनासोलाई डाइभर्ट गर्न उनले केही न केही तिक्डम निकाल्ने गरेका छन् । दीर्घकालीन समस्या समाधान गर्न नसकी जनश्रमदानको नाममा अल्पकालीन समस्या समाधानमा अल्झिएर समय व्यथित गर्दै आएका मेयर साम्पाङले सर्वसाधारणको ध्यान डाइभर्ट गर्नकै लागि यस्ता तिक्डम गर्ने गरेका छन् ।

अभियान्त हुँदै देखि खानेपानी आन्दोलनको नाममा खानेपानीको मुहानमा पाईप काट्ने, धरान उपमहानगरपालिकाको गेट नाघ्ने, रितो गिलेन लिएर नगरपालिकाको गेट तोडफोड गर्ने, खानेपानी महसुल्क कार्यलयमा ताला लगाउने गर्दै आएका थिए। मेयर निर्वाचित भएपछी पनि नगरपालिकाको लेटरप्याडबाटै खानेपानी मन्त्रलयको नाममा धम्की पुर्ण भाषा प्रयोग गरि पत्र पठाउने र फेसबुक स्टाटसबाट तथानाम लेख्दै आईरहेका मेयर साम्पाङले त्यही निरन्तरता स्वरुप थोत्रो गाग्री देखाउदै आन्दोलन घोषणा गरेका छन।

मेयर साम्पाङ निर्वाचित भएको केही समय पछि देखि श्रमदान र आर्थिक सहयोगबाट पकुवा, तामाखा, खर्दु, सर्दु निशाने, भालु खोला, सेउती र कोकाहाबाट पानी ल्याए पनि यी प्राय खोलाहरु हिउदमा सुक्ने भएकोले सुख्खायाममा धरानमा खानेपानी समस्या उस्तै छ।

सुख्खा याममा धरानमा पानीको हाहाकार हुनेगर्छ । पानीका समस्याले सर्बसाधारणलाई सास्ती खेप्नुपर्ने समस्या नयाँ होइन ।  स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका मेयर हर्क साम्पाङको मुख्य एजेण्डा नै खानेपानी समस्या समाधान गर्ने रहेको थियो ।

हर्क साम्पाङ मेयरमा निर्वाचित भएको दुई बर्षमै चारैतिर विवादमा तानिदै आएका छन् । उनले श्रमदानबाट ल्याएको भनिएको कोकाहाको पानी समेत डिपिआर विना प्लाष्टिकको पाइपबाट ल्याएका थिए । जनश्रमदान भनिए पनि ७ करोड खर्च लागेको जनाइएको सो खानेपानी योजना खासै प्रभावकारी बन्न नसकेको धरान १७ का स्थानीयहरुले बताउददै आएका छन् ।

धरानको पछिल्लो जनसंख्या १ लाख ७३ हजार ९६ रहेको बताइए पनि करिब २ लाखको हाराहारीमा पुगेको छ । यो जनसंख्यालाई दैनिक अढाई करोडदेखि ३ करोड लिटर खानेपानी आवश्यक पर्छ । कोशीको पानी नल्याए सम्म धरानको खानेपानी समस्या समधान नहुने प्राविधिकहरुले रिपोटनै दिसकेका छन।

अभियान्त भएर १० बर्ष देखि निरन्तर खानेपानीको आन्दोलन गर्दै आएका साम्पाङले आफुलाई धरानको मेयरमा जिताउनु भयो भने दीर्घाकालिन खानेपानी समस्याको समधान गर्ने भन्दै भोट मागेर धराने जनताले विश्वास गरेर भारी मतले निर्वाचित गराएको मेयर हर्क साम्पाङ अहिले धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष पनि भएका छन् ।


छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।