Uncategorized

साईबर अपराधबाट जोगाउन नेविसंघद्वार एकदिने प्रशिक्षण

धरान: दिनप्रतिदिन साईबर अपराध बढिरहेको अवस्थामा नेविसंघ धरान नगर समितीले युवापुस्तालाई साईबर अपराध बाट जोगाउन “साईबर सेक्युरेटी” सम्बन्धी जनचेताना मुलक कार्यक्रम धरान – १२ मा रहेको पब्लिक स्कुलको सभाहलमा सम्पन्न भएको छ।

प्रविधिको विकास संगै बढदो सामाजिक संजाल प्रयोगले निम्ताएको दुर्घटनालाई न्युनिकरण गर्न र अहिलेका नयाँ पुस्ता विद्मार्थीहरुलाई साईबर अपराधबाट कसरी वचन सकिन्छ भन्ने बिषयमा प्रशिक्षण गरिएको सभापती साहिल शाहले बताउनु भयो ।

प्रविधिको बिकास संगै प्रविधिलाई सहि सदुपयोग गर्दै साईबर अपराध बाट बच्नको लागि सहयोग पुग्ने उद्वेश्यले कार्यक्रम गरिएको सभापती साहले बताउनु भयो। उहाँले धरानको सबै विद्मालयहरुको विद्मार्थीहरुलाई क्रमिक रुपले साईबर अपराध सम्बन्धी सचेतनात्मक कार्यक्रमको आयोजना गर्दै जाने बताउनु भयो।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवंम नेपाली काँग्रेस धरान नगर सभापती श्याम पोखरेलले युवा पुस्तालाई लक्षित यो कार्यक्रम प्रभावकारी भएको बताउनु भयो। उहाँले नेविसंघ धरानले गरेको कामको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरु धरानमा रहेका सबै विद्मालयहरुलाई समेटेर लान आयोजकलाई आग्रह गर्नु भयो।

कार्यक्रममा पब्लिक स्कुलका प्रधानध्यापक इन्द्रमोहन झा, इलाका प्रहरी कार्यलय धरानका प्रहरी सहायक निरिक्षक बिजय कुमार सिवाले साईबर अपराध बाट बच्ने उपायको बिषयमा जानकारी मुलक संन्देश दिनु भएको थियो। नेविसंघ धरान नगर सभापती साहिल साहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस नगर सचिव हिमाल श्रेष्ठ, सह-सचिव युनेस राना मगर, नेविसंघ सुनसरी उपसभापती रुपेस कटुवाल, सचिव अनुल बास्तोलाको उपस्थीती रहेको थियो भने कोड आई टि संजल श्रेष्ठ र कोड टु संस्कृती मास्केले विद्मार्थीहरुलाई आईटी सम्बन्धी प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा कक्षा ११ र १२ का ७० जना विद्मार्थीहरु सहभागी रहेका थिए।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा