स्वास्थ्य/जिवनशैली

ब्लड फर निड संस्थाको सुनसरी अध्यक्षमा अरमान अलि

धरान: आवश्यकतामा रगतको जोहो गरि बिरामिको ज्यान जोगाउन लागिपरेका युवा तथा सोहि युवाहरुको सामाजिक संस्था ब्लड फर निड (Blood For Need) ले सुनसरी क्षेत्र कमिटी अरमान अलिको अध्यक्षतामा गठन गरेको छ ।

शनिबार धरान १८ स्थित एम सि क्याफेमा बसेको सस्थाको तेस्रो बैठकले नौ सदस्य नयाँ कार्यसमिती पुनः गठन गरीएको हो । यसअघि अध्यक्षमा प्रकाश गिरी रहेका थिए ।
ब्लड फर निडका केन्द्रिय कमिटी अध्यक्ष सरोज दाहालको प्रमुख आतिथ्यतामा र केन्द्रिय कोषाध्यक्ष प्रकाश गिरीको बिशिष्ट अतिथ्यतामा उक्त नौ सदस्य कमिटी गठन गरेको हो।

उपाध्यक्षमा सुबिक्षा राई, सचिबमा प्रतिक ओझा, कोषाध्यक्षमा पुजा अग्रवाल पदाधिकारीहरु रहेका छन भने सदस्यहरुमा ठाकुर बहादुर कार्की, भरतराज शर्मा (गोपल), प्रथम अग्रवाल, रक्षा घिमिरे, अनोज शर्मा चयन भएका छन ।
उक्त बैठकमा सामाजिक संस्था (Blood for Need) अर्थात आवश्यकतामा रगतको केन्द्रिय कमिटीको आयोजना र धनुषा क्षेत्रिय कमिटीको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाम – ४ स्थित महावीर युवा कमिटीको सभाहल, महावीर चौकमा “बधाई तथा सम्मान कार्यक्रम” समेत सम्पन्न भएको र सोहि सभाबाट हालका केन्द्रिय अध्यक्ष र कोषाध्यक्ष क्रमश सरोज र प्रकाशलाई बधाई दिइएको थियो ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका