धरान: डिपो स्कुलको आयोजनामा आयोजित १९ औँ अम्वर ललित डिपो कपको शुक्रवार हुने फाइनलमा आयोजक डिपो रेड र पुलिस स्कुल भिड्ने भएको छ ।
वुधवार भएको सेमिफफाइनल खेलमा डिपो स्कुलले इमानुयल स्कुललाई ५–१ र पुलिस स्कुलले दिल्ली पव्लिक स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।
पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलका रिदम विक एक्लैले ३ गोल गर्दै ह्याट्रीक गरेका थिए । डिपोका अगत्य पराजुलिले २ गोल गरे । इमनुयलका सौगात श्रेष्ठले सान्तावना स्वरुप १ गोल फर्काएका थिए । उक्त खेलको म्यान अफ द म्याच इमानुयलका सौगात श्रेष्ठ घोषित भए ।
यसै गरि दोस्रो सेमिफाइनल खेलमा पुलिसका अंशु वास्फोरले दुई र युगल विकले १ गोल गरे । दिल्ली पव्लिकका तर्फ बाट रोहन लिम्वुले १ गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच दिल्ली पव्लिकका रेवन राई घोषित भए ।
उनिहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्धिपराज राईले ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए । डिपो र पुलिस स्कुलले उपाधिका लागि शुक्रवार प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
दिलकुमार प्लेट च्याम्पियनमा आयोजक डिपो पहेलो र जलसाय स्कुल फाइनलमा
डिपो कपको पहिलो चरणमा पराजितहरुको प्रतियोगिता प्लेट च्याम्पियन तर्फ आयोजक डिपो स्कुल पहेलो र जलसाय स्कुल फाइनल पुगेका छन । वुधवार भएको सेमिफाइनल खेलमा डिपो पहेलोले आइडल स्कुललाई टाइव्रेकरमा ३–१ गोल गर्दै फाइनल पुगेका छन । निर्धारित समयमा डिपो पहेलो र आइडियल स्कुलले १–१ गोल गरेपछि खेल टाइव्रेकरमा गएको थियो । खेलमा डिपोका सेसेहाङ राई र आइडियलका रिकेश खत्रिले गोल गरेका थिए । टाइव्रेकरमा डिपोका साइमन पाख्रिन, निकेश विक र नवदिप राईले गरेका थिए भने आईडलका सन्जिव वास्तोलाले मात्र गोल गर्न सफल भएका थिए ।
यसैगरि दोस्रो सेमिफाइनल खेलमा जलसाय स्कुलले नोवेल एकेडेमिलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनमा प्रवेश गरेका हुन । खेलमा जलसायका तर्फ बाट दुवै गोल प्रनिश राईले गरेका थिए । नोवेल एकेडेमिका तर्फ वाट साहिल राईले १ गोल फर्काएका थिए ।