व्यवसाय

पुस २५ देखि माघ ५ गते सम्म तेस्रो धरान एक्स्पो, धरान रङ्गशालामा हुदै

धरान: सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस २५ देखि माघ ५ गते सम्म तेस्रो पटक धरान एक्स्पो आयोजना हुने भएको छ ।

एक्स्पो धरान-१६ स्थित धरान रङ्गशाला परिसरमा हुने भएको छ । एक्स्पोमा कोशी प्रदेशका १४ जिल्लाका व्यापारी व्यवसायी आउने छन् । एक्स्पोमा १४२ वटा स्टल रहनेछ ।

एक्स्पोले धरानको स्थानीय उत्पादन, व्यापार ,व्यवसाय र उपभोक्ता बजारमा नयाँ चहलपहल आउने विश्वास लिएको आज आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए ।

एक्स्पोमा यसपालि वर्ष करिब १० करोड बराबरको हाराहारीमा कारोबार हुने अनुमान गरिएको छ । श्रेष्ठका अनुसार अघिल्लो वर्ष एक्स्पोमा ५ करोडको व्यापार भएको थियो ।

धरानभरीका स्थानीय उत्पादनका बस्तु बिक्री वितरण, बजार विस्तार र उपभोक्तालाई चिनाउने उद्देश्य लिइएको अध्यक्ष श्रेष्ठले बताए । एक्स्पोमा स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाका उत्पादनहरूलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिने भएको छ ।

सबै वस्तुहरू एक्स्पोमा प्रदर्शनीमा राखिने विक्री वितरण र कारोबार हुनेछ । धरानको आर्थिक गतिविधि चलायमान बनाउन, कोशी प्रदेशका उपभोक्ताहरूलाई स्थानीय देखि अन्तर्राष्ट्रिय बजारका उत्पादन सहज र सुपथ मूल्यमा एक्स्पोले उपलब्ध गराउने बताइएको छ।

उद्योग वाणिज्य महासङ्घ, सङ्घीय सरकारका निकायहरू, कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा धरान एक्स्पो आयोजना हुन लागेको हो । उनले एक्स्पोको लागी आवश्यक संरचना तयारी तीव्र भइरहेको जानकारी दिए ।
एक्स्पोमा हरेक साँझ मनोरञ्जनात्मक साङ्गतिक कार्यक्रम गरिने र हरेक दिन नेपालका चर्चित कलाकारहरूको प्रस्तुती रहने छ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई