धरान: कोशि प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरान खेलकुदको शहर रहेको बताउनुभयो । सोमबार धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते (आज) देखि हुन लागेको तेस्रो रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
धरान खेलकुदको शहरको रुपमा पनि परिचित छ, यहाँ खेलकुद खेल्न मात्र होईन सिकाउनको लागी एन्फा एकेडेमी, बास्केटबल पनि त्यतिकै चर्चित, शिक्षामा पनि धरानमा धेरै क्याम्पसहरु रहेकोले धरान हरेक क्षेत्रमा अगाडी रहेकोले धरान धार्मिक स्थल, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै क्षेत्रमा अगाडी रहेकोले यसको लागी धरान उपमहानगरपालिकाले सहकार्य गरे कोशि प्रदेश लगायत केन्द्र सरकारले पनि सहयोग गर्ने उहाँले बताउनुभयो ।
खेलकुदको विकासको लागी बजेट विनियोजन गरेर मात्र नहुने बताउँदै खेलकुदको विकासको लागी व्यवस्थापन सहि हुनु पर्ने, निति तर्जुमा हुनुपर्ने साथै प्रशिक्षकहरु राम्रो हुनुपर्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । हाल क्रिकेटले नेपाललाई परिचित गराएको उहाँले बताउनुभयो । धरानको मुख्य समस्या खानेपानिको लागी उच्च वार्ताका साथ आफ्नो नितिगत प्रवन्ध र बजेटको व्यवस्थापन गर्न समेत कोशि प्रदेश तयार रहको बताउनुभयो ।
धरान आफैमा प्राचिन शहर रहेको विभिन्न जातजाती, संस्कृतिको उद्धगम स्थल पनि रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । यसले गर्दा सबैमा एकता कायम गराएको उहाँले बताउनुभयो । “धरानमा पर्यटनको सम्भावना छ यहाँ धेरै मठमन्दीरहरु छन जसमा बुढासुब्बा मन्दीर, पिण्डेश्वर मन्दीर, दन्तकालि मन्दीर लगायत बराहक्षेत्रको संगम, विष्णुपादुका मन्दीर लगायत धरान, सप्तकोशि नदी लगायत तराईका फाँटहरु देखिने चिन्डे डाँडा लगायतका धार्मिक स्थल र रमणीय ठाउँहरु भएकोले यी सबैलाई व्यवस्थित गरी लैजान सके धरान कोशि प्रदेशको सबै भन्दा राम्रो पर्यटन क्षेत्र बन्न सक्ने” मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
धरानका उदयमान बास्केटवल खेलाडी स्व. रेवाहाङ रूछेन्चुङ राईको सम्झानामा विद्यालय स्तरिय तेश्रो यु १८ धरान मेघा रेवाहाङ मेमारियल अन्तर कलेज बास्केटवल प्रतियोगितो भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा धरान आर्दश स्कुल र सुनाखरि स्कुल भएको थियो । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउने आयोजक कलेजका अध्यक्ष कैलास लिम्बुले बताउनुभयोे ।
विजेता टिमलाई नगद २५ हजार, उपविजेतालाई नगद १२ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने प्रतियोगिता संयोजक तथा बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले बताउनुभयोे ।
कार्यक्रममा स्व.रेवाहाङका पिता रेवतीरवण राई माता सुजता राई, कोशि प्रदेशको सांसदहरु यसोदा कायस्थ, रमेश कुमार बस्नेत, विजय कुमार राई, धरान बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, अग्रज पत्रकार हर्ष सुब्बा, मजदुर नेता भीमज्वाला राई लगायतको उपस्थिति रहेको थियो।