धरान विशेष

नक्कली माओवादीको आरोपमा तिम्रो कठालो समात्ने म जिउँदै छु : देवान

रोहित कुलुङ राई


धरान : नक्कली माओवादी भएर धरानका मेयर हर्क साम्पाङलाई पैसा मागेको आरोपमा २०६५ सालमा राष्ट्रिय वाणिज्य बैङ्क धरान शाखाको कार्यालय अगाडी रत्न रोड बाट पैसा माग्न आएको बेला आफूसहितको टोलीले पक्राउ गरेको तत्कालीन वाईसिएल सुनसरी निर्वाचन क्षेत्र नम्बर १ संयोजक ओम श्रेष्ठ (देवान) ले बताउनु भयो।
श्रेष्ठका अनुसार धरानका लक्ष्मी राईलाई हर्क साम्पाङले पैसा मागेको रहेछ, पैसा मागेको  मागेको माग्यै गरेपछि उहाँले पार्टीमा सूचना दिनु भएको रहेछ र तत्कालीन माओवादी पार्टीको धरान इन्चार्ज जसकुमार राईको नेतृत्वमा नक्कली माओवादी बनेर चन्दा माग्ने व्यक्ती कारबाही गर्न वाईसिएल सहितको टोली गएको हो।
२०६५ सालतिर धरानमा माओवादीका नाममा चन्दा उठाउने गिरोह सक्रिय थियो। शान्ति प्रक्रियापछि पनि नक्कली माओवादीको चन्दा आतङ्क रोकिएन। माओवादीका नाममा चन्दा माग्ने, लुट्ने र लागूऔषध सेवन गर्नेलाई कारबाही गर्न त्यसवेला माओवादीको युवा दस्ता वाईसीएलले धरानमा अभियान नै सञ्चालन गरेको थियो।
लक्ष्मी राईलाई वाणिज्य बैङ्कमा आउनु बैङ्कबाट पैसा निकालेर दिन्छु भन्न लगाएपछि बाईकमा दुई जना आएको र बाईक कुदाउने हाल धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र अर्का पुरुष रहेको थियो। त्यो अर्को व्यक्तिको नाम याद नभएको श्रेष्ठले बताउनु भयो।
दुवै जनालाई पक्रेर पार्टीले सञ्चालन गरेको धरान-१५ रम फ्याक्ट्रीको शिविरमा बुझाइएको र आफूले भने कुटपिट नगरेको उहाँको भनाई छ । शिविरमा भित्र कस्तो कारबाही भयो त्यो विषयमा आफूलाई जानकारी नभएको उहाँले बताउनु भयो।


२०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित धरानका मेयर हर्क साम्पाङ त्यो बेला नक्कली माओवादी भएर पैसा उठाउने व्यक्ती भएको थाहा पाउँदा आफू आश्चर्यमा परेको र अहिले आफू नक्कली माओवादी नभएको मेयरले दाबी गरिरहँदा नैतिकता भन्ने चिज थोरै नभएको व्यक्ती रहेको श्रेष्ठको आरोप छ।
सम्पाङ मेयर निर्वाचित भएपछि समर्थन सँगै आलोचना पनि हुन थाल्यो। त्यही क्रममा नक्कली माओवादी भएर चन्दा उठाएको बेला बेला कुरा उठ्ने गर्थ्यो। खोज पत्रकारिता केन्द्रका लागि पत्रकार गोपाल दाहालले लेखेको “हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान” शीर्षकको समाचार २०८१ मङ्सिर १४ गते शुक्रवार हिमाल खबरले प्रकाशित गरे पछि नक्कली माओवादी देखी मेयरसम्मको बुँदाले मेयर साम्पाङ प्रति लागेको आरोप सतहमा आएको छ।


यही विषयलाई नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकॠषी राईले फेसबुक भिडियो मार्फत सम्प्रेषण गरेपछि मङ्सिर १९ गते बेलुका मेयर साम्पाङले फेसबुक स्ट्याटस मार्फत जनकॠषि राई र गोपाल दाहाललाई गाली गलौच सहित चेतावनी मूलक धम्की नै दिएका छन् । समाचार प्रति चित्त नबुझे कानुनी बाटो हुँदा हुँदै संवैधानिक पदमा बसेको मेयर जस्तो व्यक्तिले गालीगलौज सहित धम्की दिनु गैरकानुनी भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
यही विषयलाई लिएर मेयर हर्क साम्पाङले पत्रकार सम्मेलन नै आयोजना गरेका थिए । आफूलाई तत्कालीन माओवादीले समाएको तर नक्कली माओवादी बनेर चन्दा माग्ने अर्कै व्यक्ती भएको उहाँको भनाई रहेको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।