धरान – १७ साकेला साँस्कृतिक पार्कमा निर्माण भएको साकेला पुस्ताकलय र अध्ययन अनुसन्धान केन्द्रको हस्तान्तरण पछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा उद्वाटन भएको छ। आईताबार एक कार्यक्रम गरि दाताबाट हस्तान्तरण संगै पुस्ताकलय र अध्ययन केन्द्र सर्बसाधरणहरुको लागी खुल्ला गरिएको छ।
किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईको परिकल्पना र कार्यसमिती, नगर कार्यसमिती र विभिन्न वडा कर्यसमितीको श्रमदानबाट उक्त भवनको निर्माण भएको हो। सो भवन निर्माण गर्न स्वर्गीय अधिबहादुर राईको स्मृतिमा श्रीमती लक्ष्मीसोभा राईले रु ७ लाख आर्थिक सहयोग र अन्य दाताहरुको आर्थिक सहयोगमा जम्मा १५ लाख बढीको लागतमा निर्माण भएको हो।
दाताहरुले किरात संस्कृती झल्काउने दुई तले भवन किरात राई यायोक्खा सुनसरीलाई हस्तान्तर गरेको छ। यहाँ निशुल्क पुस्तक अध्ययन, ईलाईबेरी, फ्री वाईफाई र चिया कफिको पनि व्यवस्था रहेको अध्यक्ष राईले बताएका छ्न।
यायोक्खा अध्यक्ष राजेन्द्र राईका अनुसार पुस्तकालय भवन बनेको ठाउँमा २०५५ सालमा बनेको जीर्ण घर थियो । उक्त घरलाई नै जोगाएर पुस्तकालय माथिल्लो तला थप्ने योजना भएपनि इञ्जिनियरले परीक्षण गर्दा रड मक्किएको पाइएपछि नयाँ भवन नै निर्माण गर्नुपरेको अध्यक्ष राईले बताए । भवन नयाँ बनेपनि पुरानो घरको दाताहरुको इतिहास नमेट्ने र शिलालेख राख्ने उनले बताए ।
प्रमुख अतिथी तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उद्वाटन कार्यक्रमा बोल्दै आफ्नो भेषभुषा, भाषा संस्कृतिको जगेर्ना गर्नु पर्ने जिम्मेवारी हामी सबैको भएको बताउनु हुदै, विश्वव्यापी टेक्टोलोजीको बृहत् बिकासले हाम्रो संस्कृतिहरु लोप हुने चुनौती पनि रहेको भनाई व्यक्त गर्नु भएको छ।
उक्त भवनको भुईतलामा किरात संस्कृतिमा आधारित तीन चुला, भार, अगेना, किरातकालिन हातहतियार, भाडाकुडा सहितको सामाग्रीहरुको अध्ययन गर्न सकिने छ भने पहिलो तलामा विशेष किरात सभ्यता, संस्कृतिका पुस्तक र अन्य पुस्तकहरु अध्ययन र कम्प्युटर बाट पनि अध्ययन गर्न सकिने छ।
कार्यक्रमका विशेष अतिथी किरात राई यायोक्खाका पुर्ब अध्यक्ष, धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले अग्रजहरुको महत्वपुर्ण योगदान रहेको स्मरण गराउदै केही अग्रजको कारण संस्थालाई घाटा भएको उल्लेख गरे, अहिले धरान १७ साकेला सांस्कृति पार्क रहेको जग्गा तत्कालिन धरानका मेयर स्व. ध्यानबहादुर राईको पहलमा ३० बर्ष पहिला प्राप्त भएको र उहाँको योगदानको सधै कदर गर्नु पर्ने बताउनु भयो।
उहाँले हाम्रो संस्थाको बिकास र संस्कृतिको बृहत् रुपमा अगाडि बढाउन किराँती साथै गैरकिरातीहरुको पनि महत्वपुर्ण योगदान रहने र सबैको साथ सहयोग लिनु पर्ने धारण व्यक्त गर्नु भएको छ।
दाताहरुलाई प्रमाण पत्र र दोसला ओढाएर सम्मान गरिएको थियो। विभिन्न व्यक्तिहरुले सकेला पुस्ताकलयको लागि पुस्तक उपलब्ध गराएका थिए। किरायो सुनसरीका अध्यक्ष राजेन्द्र राईको अध्यक्षमा भएको कार्यक्रममा सबिधानसभा सदस्य किरण कुमार राई, किरायो उपाध्यक्ष दोर्पधोज राई लगाएतको केन्द्र, प्रदेश कर्यसमितीका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो।
भिडियो पनि हेर्नुस: