धरान: आज विहिबार नेबिसंघ धरान नगरको प्रथम अधिवेशनबाट सौजन राईको नेतत्वमा ४५ सदस्य धरान नगर कार्यसमिति गठन भएको छ।
नेबिसंघ धरान नगर कार्यसमितीको कार्यवाहक सभापती समीर खापुङको अध्यक्षतामा सो कार्यक्रम भएको थियो।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बापोले विद्मार्थीहरु प्रबिधी र भाषा संग जोडिदै राजनीतिमा चासो राख्नु पर्ने धारणा राख्नु भएको छ।
आफु विद्मार्थी भएको बेला यस्तो अवस्था थिएन धेरै संघर्ष गरेको आजको विद्मार्थीहरुले जस्तो अवसर पाएको भए आझ अगाडि बढन सक्ने बताउदै हरेक क्षेत्रलाई बुझ्दै विद्मार्थी राजनितीमा लाग्न सुझाव दिनु भएको छ्।
विशिष्ट अतिथि धरान उपमहानगरपालिकाका निबर्तमान नगर प्रमुख तिलक राईले आफू पनि विद्मार्थी राजनितीबाट आएको स्मरण गर्दै नेपालको व्यवस्था परिबर्तनको आन्दोलनमा विद्मार्थीहरुको भुमीका महत्वपुर्ण रहेको बताउनु भएको छ।
नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य संगीता बहिङ राईले माउ पार्टीको गुठको राजनितीको प्रभाव नेबिसंघमा पनि प्रबेश गरेको बताउदै केही दिन अगाडि गठन भएको क्षेत्रीय कार्यसमिती संगठनको बिधान बिपरित भएको भनाई राखेकी छिन।
कार्यक्रम महेन्द्र बहुमुखी क्याम्पसको सभा हलमा भएको थियो। प्रथम नगर अधिबेशनबाट सर्वसम्मत सभापतिमा सौजन राई, वरिष्ठ उपसभापति फतिज सुर्य, उपसभापतिहरु सम्सन दर्नाल, आशिस वडहाङ, मनोज बिष्ट, बिक्रम घिमिरे, सचीवमा बिमल शर्मा, सह सचिवहरु ऋषि बस्ने, पुस्कर रिजाल, आशिम ढकाल, सरोज पौडेल, अमना मगर, इशा मगर, केशाङ शाह, कोषध्यक्षमा सोनिया राई सहित ४५ सदस्य कार्यसमिती गठन भएको छ।
सो कार्यक्रममा जिल्ला प्रतिनिधि नेबिसंघ कोषध्यक्ष सुविक्षा राई, धरानका चार वटै क्याम्पसका नेबिसंघ इकाई सभापतिहरुको उपस्थिति रहेको थियो। नेबिसंघका नेता तथा विद्मार्थीहरुको बाक्लो उपस्थीती रहेको थियो।