खेलकुद

तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपको उपाधि सियोन स्कुललाई

धरान: डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा संपन्न तेस्रो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङकपको उपाधि सियोन स्कुलले चुमेको छ ।

 कोशि प्रदेश सामाजिक विकाश मन्त्री माननीय पाचकर्ण राईको प्रमूख आतिथ्यमा सोमवार भएको फाइनल खेलमा सियोन स्कुलले प्रभात इङ्गिलिस वोड्रिङ्ग स्कुललाई ३३–१७ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका हुन । प्रतिस्पर्धात्मक भएको फाइनल खेलको प्रत्येक क्वाटरमा सियोन र प्रभात स्कुलले ४–२, ७–४, ६–६ र ५–१६ अंक जोडेका थिए । फाइनल खेलमा सियोन स्कुलका प्रसाङ्ग चौधरीले व्यक्तिगत १० अंक जोडेका थिए भने प्रभात स्कुलका लियोन राईले समेत व्यक्तिगत १० अंक जोडेका थिए ।

 सियोन स्कुलले उपाधि संगै नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता प्रभात स्कुलले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको मोस्ट भ्यालुएवलल प्लेयरको उपाधि र हाइ स्कोरर उपाधि सियोन स्कुलका संयोक राई घोषित भए । संयोकले नगद एक हजार, ट्रफि, प्रमाणपत्र र नेपाल पत्रकार महासंघ अध्यक्ष द्धारा सम्पादित पुस्तक गोरु चिन्तन एक थान प्राप्त गरे । उत्कृष्ट खेलाडि संयोकलाई नगद पुरस्कार र पुस्तक पत्ररका जनकऋषि राई द्धारा व्यक्तिगत रुपमा प्रदान गरेका थिए । यस अघि पनि उनले उत्कष्ट खेलाडिलाई आप्mनो तर्फ वाट पुरस्कृत गरेका थिए । प्रतियोगिताको राइजिङ्ग प्लेयर प्याराडाइस वोड्रिङ्ग स्कुलका प्रिन्स खत्री घोषित भए । उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरवहादुर लिम्वु, विशेष अतिथि कोशि प्रदेश सांसद माननिय विजयकुमार राई, विशेष अतिथि डिपो स्कुल सार्वजनिक गुठि संस्थाका अध्यक्ष भिमराज लिम्वु, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक, डिपो क्याम्पस प्रमुख राजकुमार राई, विग्रेड एण्ड युनिट वेलफेयर अफिसर विजिएन मेजर राजिव श्रेष्ठ, प्रतियोगिता संयोजक खड्कसमशेर लिम्वु, डिपो स्कुल आइटि अफिसर सुधिर लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए ।
धरान र धरान आसपासका १७ वटा विद्यालय सहभागि रहेको प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघको रहेको थियो ।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक