धरान विशेष

कुम्भी आहालमा डिपबोरिङको काम सकियो, धरानमा दैनिक ६० लाख लिटर पानी थपिदै

धरान -१७ कुम्भी आहाल वनमा प्रदेश सरकारको बजेट बाट तेस्रो डिपबोरिङको काम आज शनिबार सकिएको छ।
प्रदेश सांसद रमेश बस्नेत र बिजय राइले निरिक्षण गर्नु भएको छ।

सुक्खा मौसम सुरू भएसँगै धरानमा बर्षेनि खानेपानीको अभाव हुने गरेको छ तर समस्या समाधानका लागि पटक–पटक गरिएका प्रयास सफल हुनसकेका छैन ।

पछिल्लो समय प्रदेश सरकारले यहाँ समस्या समाधानको प्रयास गरिरहेको छ । कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले खानेपानी समस्या समाधानका लागि डिप बोरिङको काम भइरहेको जानकारी दिनुभयो । प्रदेश सरकारको ४ करोडको लागतमा सुरू भएको काम करिब अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

“धरानमा खानेपानी समस्या विगतदेखिकै हो । यसको समाधानका लागि पहल भइरहेका छन् । यहीक्रममा प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयबाट ४ करोड बजेट विनियोजन भएको थियो । सो रकमबाट अहिले तीन ठाउँमा डिप बोरिङको काम सकिएको बस्नेतले बताएका छन ।

उहाँकानुसार धरान उपमहानगरपालिका–१७ को उदय सामुदायिक वन क्षेत्रको कुम्भी आहालमा डिपबोरिङको काम आज सकिएको छ, भने कोशी राजमार्ग सेउतीपुल चारकोशे जङ्गल क्षेत्रमा पहिलो र दोस्रो डिप बोरिङ सफल परिक्षण भइसकेको छन् ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारबाट विनियोजित रकममध्ये तीन ठाउँमा डिप बोरिङका लागि १ करोड ५२ लाखमा श्रीमन् ड्रिलिङ कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । डिप बोरिङसँगै साविकको योजनामा जडान गर्न पाइप खरिदका लागि टेण्डर भइसकेको छ ।

विद्युतीय उपकरण जडान गर्न बजेट अपुग भएकाले चालु आव २०८१÷८२ मा प्रदेश सरकारबाट थप रु तीन करोड ३० लाख बजेट विनियोजन गरिएको सांसद बस्नेतले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य विजयकुमार राई प्रदेश सरकारको बजेटबाट निर्मित डिप बोरिङले केही राहत हुने भए पनि दीर्घकालीन समस्या समाधानका लागि तीनै तहका सरकारले ठूला आयोजना सञ्चालन गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

प्रदेशसभा सदस्य राईले विज्ञले दिएको जानकारीअनुसार एउटा पम्पबाट २० लाख लिटरसहित प्रतिदिन ६० लाख लिटर पानी थपिने भएपछि आफूहरू निकै उत्साहित भएको बताउनुभयो ।

हाल धरान खानेपानी व्यवस्थापन बोर्डले सुख्खा मौसममा डिप बोरिङमार्फत नै पानी खुवाउँदै आएको छ। यहाँ दैनिक दुई करोडदेखि तीन करोड लिटर पानी आवश्यक पर्छ तर आवश्यकताको आधा पनि पानी उपलब्ध हुन सकेको छैन ।

खानेपानी संस्थानले केही वर्ष आगाडि सर्दु, तामाखाम जलाधार स्रोतबाट असारदेखि माघसम्म दैनिक दुईदेखि तीन करोड लिटरसम्म पानी उपलब्ध गराउँदै आए पनि सुख्खा समयमा सधैँ समस्या हुने गरेको छ । खानेपानी समस्या समाधान गर्ने अठोटका साथ धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले पनि निरन्तर प्रयास गरिरहेका छन । श्रमदान र देश विदेशमा रहेका जनताको सहयोग बाट धेरै वटा मुहान जोडिए पनि सुखाको समयमा सर्दु खर्दु र कोकाहा बाट आंसिक पानी आउने गरेको छ।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।