धरान विशेष

पार्क महत्वपुर्ण कि जनताको घर महत्वपुर्ण मेयर साब ? अमरबस्ती बासीको प्रश्न

धरान: गत भदौ १३ गते बर्षाद पछि धरान- १३ को खहरे खोलाको बाढीले कटान गर्दा अमरबस्ती “ख” मा रहेको घरहरु जोखिममा छन।

पार्क महत्वपुर्णकी जनताको घर महत्वपुर्ण मेयर साब, भन्दै धरान- १३ का घनश्याम तिमिल्सिनाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्दै, यो खबर नगर प्रमुख सम्म पुर्‍याई दिन उनले अनुरोध गरे। फेसबुकमा आफुले यहि बिषयमा स्टाटस लेखेको पनि बताए।

उनले भने १ हप्ता बितिसक्दा पनि खहरेले कटान गरेर ढल्न लागेको घरमा जोखिम मोलेर रातभरी नसुती पिडामा रहेको जनताको बिषय महत्वपुर्ण कि खोलाको किनारमा बनाएको पार्क महत्वपुर्ण हो भन्दै स्थानीय सरकारलाई प्रश्न गरे।

गत १६ गते कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, र प्रदेश सांसद रमेश बस्नेत, बिजय राई, पुर्ब संघीय सांसद जयकुमार राईले निरिक्षण गरेपछी मन्त्रीको निर्देशनमा सिचाई विभागबाट काम गर्दै गर्नु भनेर आश्वसन आए पछि पुर्ण राईको लगानीमा वाल निर्माण कार्य सुरुवात गरेको तिमिल्सिनाले जानकारी गराएका छन।

धरान–१३ की बिना राईले “खहरे खोलामा बाढी आएपछि ज्यान जोगाउन नै सास्ती हुने । “घर होचो छ, खहरे खोला माथिबाट आउनसाथ सिधैँ घरभित्र छिर्छ, एकदमै त्रासमा रात बिताउने गरेका छौँ”, कटान गर्दै घर नै कुन बेला ढ्ल्छ थाहा छैन, वडा अध्यक्ष र उपमेयर आएर गर्छौ त भन्नू भयो आज सम्म गर्नु भएको छैन, मेयर हर्क साम्पाङ अहिले सम्म देखा पर्नु भएको छैन।

हामीले तार र ढुङ्गा उपलब्ध गराई दिनु हामी आफै श्रमदान गरेर वाल बनाउछौ भन्दा पनि वडा नगरपालिका बाट ८ दिन सम्म कुनै सुनुवाई नहुदा दुख लागेको राईले बताईन।

स्थानीयबासी भन्छन “घरमा बस्न नसकिने अवस्था भएर केही दिनदेखि बेलुका अर्काको घरमा जाने गरेका छौँ । पानी पर्न सुरु भएपछि घर छोडेर सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था छ ।”

हामी अमरबस्ती बासी चाहिँ धरानबासी हैनौर मेयर साब ?, भन्दै स्थानीयबासीले प्रश्न गर्छन। जनताको घर ढल्न बाट बचाउन श्रमदान गर्न नमिल्ने होर मेयर साब ? भन्दै स्थानीय बासीले यो समस्या मेयर हर्क साम्पाङ सम्म पुर्‍याई दिन भनेका छन।

खहरे खोलामा आउने पानीको भर नहुने भन्दै कुनबेला कस्तो वितण्ड मच्चाउँछ थाहै नहुने “स्थानीय सरकारले आधुनिक प्रविध र दक्ष प्राविधिक लगाएर खहरे खोलामा आउने बाढीको दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्छ । स्थानीय कतिदिनसम्म यसरी त्रासमा रातभर जाग्राम बस्ने ?” भन्दै स्थानीयबासीहरु मेयर प्रती आक्रोशीत भएका छन।

यही भदौ १३ गते र १७ गते दिउँसो आएको वर्षाका कारण करिब तीन करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष काफ्लेले बताउनुभयो । क्षतिको यकिन विवरण सङ्कलन गरिने बताउँदै उहाँले तत्काल समस्या समाधान गर्न ग्याबिन जाली लगाउने काम भइरहेको जानकारी दिनुभयो ।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।