स्वास्थ्य/जिवनशैली

डेङ्गु भाइरस के हो ? यसका लक्षणहरु,भाईस सर्ने तरिका, रोकथाम र नियन्त्रणका उपायहरु



डेङ्गुको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन् एडिस एजिप्टी (Aedes aegypti) वा एडिस अल्बोपिक्टस (Aedes albopictus)।

यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु को संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र वरपर पाइन्छ ।

लामखुट्टेले डेङ्गु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यो व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ ।

डेङ्गु ज्वरो चार प्रकारका डेङ्गु भाइरस मध्ये कुनै एकको कारणले हुन्छ । संक्रमित व्यक्तिको वरपर बसेर डेङ्गु ज्वरो आउन सक्दैन बरु लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो सर्छ ।
डेङ्गु ज्वरोबाट निको भएपछि, तपाईंलाई संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेङ्गु ज्वरो भाइरस प्रकारहरूमा हुँदैन।

यसको मतलब तपाईं भविष्यमा अन्य तीन भाइरस प्रकारहरू मध्ये एकद्वारा फेरी संक्रमित हुन सक्ने सम्भावना हुन सक्छ ।

दोस्रो, तेस्रो वा चौथो पटक डेङ्गु ज्वरो आएमा गम्भीर डेङ्गु ज्वरो आउने खतरा बढ्छ, त्यसैलै हामी डेङ्गु ज्वरोको बारेमा सतर्क रहन जरुरी छ ।

यसका लक्षणहरु
डेङ्गु संक्रमण भएका अधिकाश मानिसहरुमा लक्षण देखिदैन र जसमा देखिन्छ धेरैजसोमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर शिथिल भएर दुख्ने, वाकवाकी भएर बान्ता हुने, जिउमा साना–साना मसिना राता दागहरु देखिने‚ चिलाउने र झाडा पखाला हुने लक्षण देखिन्छ। यस प्रकारका समस्याहरु सामान्यतया ४–१० दिन पछि सुरुवात भई करीब ७ दिन सम्म रहन्छ। विशेष गरी निम्न प्रकारका लक्षणहरु देख्न सकिन्छ।

उच्च ज्वरो (१०४ डिग्री सम्म), अत्यधिक टाउको दुख्ने, आँखा पछाडिको भाग आँखा नै खस्ने गरी दुख्ने, शरीरको मांसपेशी दुख्ने, ढाड दुख्ने, वाक–वाकी तथा बान्ता हुने, शरीरका विभिन्न भागमा लिम्फनोडहरु सुनिने तथा शरीर भरी छालामा रातो विमिरा तथा दाग आउने र दुख्ने चिलाउने जस्ता लक्षण देखिन्छन्। डेङ्गु संक्रमण दोश्रो पटक दोहरिएको अवस्थामा अत्यन्तै गम्भीर समस्याहरु देखिने हुन सक्छ।

डेङ्गु संक्रमणको जटिल प्रकारको लक्षण तथा समस्याहरु टाउको दुख्ने र ज्वरो हटिसके पश्चात देखिन सक्छन्। जस्तो निरन्तर बान्ता हुने, अत्यन्तै गाह्रो गरी पेट दुख्ने, निरन्तर झाडापखाला हुने, छिटो–छिटो श्वासप्रश्वास हुने, गिजा र नाक बाट रगत बग्ने, थकान र बेचैनी हुन सक्छ। त्यसैगरी बान्ता र दिसामा रगत जाने, पहेलो र चिसो छाला हुने, मुख सुख्खा हुने र तिर्खा लाग्ने, शरीर शिथिल एवं कमजोरी हुने तथा शरीरका मुख्य अँगहरु जस्तो कलेजो, मिर्गौला, मुटु र दिमागलाई गम्भीर असर पुर्याउन सक्छ।

डेङ्गु संक्रमणको यो जटिल प्रकारको लक्षण तथा चिन्ह भएको हुदाँ यस्तो अवस्थामा बिरामीको मृत्यु पनि हुन सक्ने भएको हुदाँ तुरुन्त सुविधायुक्त अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ। डेङ्गु संक्रमण निको भएपश्चात बिरामीले धेरै हप्ता सम्म थकान तथा कमजोरी महशुस गर्न सक्छन्।

डेङ्गु भाइरस सर्ने तरिकाः

१) डेङ्गु भाइरस संक्रमित पोथी लामखुटे एडिस एजिप्टाईको टोकाइबाट मानिसमा सर्ने गर्दछ। एडिस भित्रका अन्य प्रजातिहरुले पनि भेक्टरको रुपमा काम गरेका हुन सक्छ।

२) डेङ्गु भाइरस संक्रमित व्यक्तिमा रोगको लक्षण देखिनु भन्दा २ दिन अगाडि वा ज्वरो निको भएको २ दिन पश्चातको समय सम्ममा लामखुट्टेले उक्त संक्रमित व्यक्तिलाई टोकेको अवस्थामा लामखुटे संक्रमित हुने एवं अन्य व्यक्तिलाई सार्न योग्य बन्दछ।

३) व्यक्ति–व्यक्ति बिचमा डेङ्गु भाइरसको प्रसारण संक्रमित लामखुटेको टोकाइबाटनै हुन्छ। तथापि गर्भवती आमाको हकमा बच्चालाई पनि देखिने हुन सक्छ। जसको कारण भ्रुणमा समस्या आउने, कम तौल हुने, महिना पुग्नुभन्दा अगावै बच्चा जन्मने साथै गर्भपतन हुने जस्ता जोखिम हुन सक्छ।

४) रगत, रक्तजन्य पदार्थ र अंगदान जस्ता कुरा मार्फत पनि दुर्लभ मात्रामा डेङ्गु भाइरस सरेको केस अध्ययनबाट देखिएको छ।

डेङ्गु भाइरसका जोखिम तथा कारकहरुः

१) डेङ्गु भाइरस दोहोरिएको अवस्थामा वा पहिला भएर पूनः हुने अवस्थामा धेरै जोखिम हुन सक्छ।

२) अव्यवस्थित शहरीकरण, जनघनत्व, मानव गतिशिलता, उपयुक्त र भरपर्दो पानीको पहुँच र उपलब्धता, पानी भण्डारण गर्ने तवर–तरीका, सामाजिक तथा वातवरणीय परिवेश आदिले यसको जोखिम बढाउन सक्छ।

३) उष्णकटिबंधीय र उप उष्णकटिबंधीय जलबायु भएको क्षेत्र तथा त्यसको आसपासको क्षेत्रहरुमा जलवायु परिवर्तनसँगै लामखुटे तथा भेक्टरहरुले नयाँ वातावरण र मौसममा आफ्नो अनुकूलता निमार्ण गर्दै जोखिम सृजना गर्न सक्छन्।

४) सामुदायिक ज्ञान, दृष्टिकोण, अभ्यास तथा दिगोरुपमा लामखुटे तथा भेक्टर नियन्त्रण गर्ने गतिविधीहरुको कार्यान्वयनले पनि जोखिमको अवस्था घट्ने र बढ्ने हुन सक्छ।

५) डेङ्गु संक्रमण फैलिन सक्ने समय, सिजन र क्षेत्रलाई मध्यनजर राखी सचेतना तथा जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरु नगर्ने वा त्यसलाई नियमित रुपमा कार्यन्वयन नगर्ने हो भने पनि जोखिम बढ्ने हुन सक्छ।

निदान तथा उपचार

१) डेङ्गु संक्रमण भएका अधिकाश मानिसहरुमा लक्षण तथा चिन्हको आधारमा उपचार गर्ने गरिन्छ। धेरैजसो बिरामीको हकमा सामान्य ज्वरो तथा दुखाईको औषधीले घरमा नै उपचार गर्न सकिन्छ।

२) परासिटामोल तथा रिहाइड्रेसन विधीबाट बिरामीको दुखाई नियन्त्रण तथा शरीरमा पानीको मात्रा भरपुर गर्ने।

३) संक्रमण जटिल भई बिरामीको शरीरमा रगत परिक्षण गर्दा रगतमा प्लेटलेटको मात्रा कम भएको अवस्थामा ‘प्रोफिल्याट्रीक प्लेटलेट ट्रन्सफ्युजन’गर्नु पर्ने हुन्छ। त्यस्तै रगत नै बगेको अवस्थामा अनिवार्य जस्तै ‘प्रोफिल्याट्रीक प्लेटलेट ट्रन्सफ्युजन’ गर्नुपर्ने हुन्छ। हाल नेपालमा पनि यो विधी प्रचलित रहेको तथा बिजयपुर हस्पिटल प्रा.लि.ले पनि यसप्रकारको विधी अपनाई रहेको छ।

४) प्रशस्त मात्रमा तरलपदार्थ जुस तथा सुपहरु पिउने, आराम गर्ने, मानसिक तनावबाट मुक्त हुने।

५) कम्तिमा एक पटक डेङ्गु संक्रमण भएको स्थानमा तथा रोग सामान्य भएको अवस्थामा त्यस ठाउमा बस्ने आम समुदाय लाई ‘डेङभासिया’ भन्ने खोप दिन सकिन्छ।

 रोकथाम तथा नियन्त्रणः

१) डेङ्गु भाइरसको प्रसारण संक्रमित लामखुटेको टोकाइबाट हुने र यो लामखुटे दिनमा सक्रिय हुने गर्दछ। अतः त्यसबाट बच्न शरीरलाई पूर्णरुपमा ढाक्ने कपडा लगाउने, लोसनहरुको प्रयोग गर्ने, जाली वा झुलमा बस्ने, झ्यालढोकामा जाली राख्ने तथा बन्द गर्ने एवं किटनाशक पदार्थ छर्किने।

२) विशेष गरी घर भित्र–घर बाहिर राखिने फूलको गमला, इण्डोर प्लान्ट, फ्रिज, पानीको जार, फिलटर, तथा घरवरीपरी हुने पानीका पोखरी, कुवा, दह, गाडीको टायर लगायतमा ध्यान दिने र त्यसलाई व्यवस्थित गर्ने एवं किटनाशक छर्केर लामखुटेको वृद्घि बिस्तार रोक्ने।

३) सम्बन्धित निकाय तथा समुदायहरुले आफ्नो क्षेत्रमा नियमित रुपमा किटनाशक छर्किने वा फगिङ गर्ने कार्य गर्ने।

४) डेङ्गु संक्रमण फैलाउने लामखुटे भेकटर नियन्त्रण गर्नको लागि त्यसको उपयुक्त वासस्थान वा श्रोतको पहिचान गरी समुदाय स्तरबाटै त्यसलाई नष्ट पार्ने।

५) अव्यवस्थित शहरीकरण, जनघनत्व, मानव गतिशिलता, उपयुक्त र भरपर्दो पानीको पहुँच र उपलब्धता, पानी भण्डारण गर्ने तवर–तरिका, सामाजिक तथा वातवरणीय परिवेश आदीको भौतिक, सामाजिक तथा पर्यावरणीय रुपमा उपयुक्त व्यवस्थापन गर्ने।

६) डेङ्गु संक्रमण फैलैन सक्ने समय, सिजन र क्षेत्रलाई मध्यनजर राखी सचेतना तथा जनस्वास्थ्यका विभिन्न कार्यक्रहरु बनाउने तथा त्यसलाई नियमित रुपमा कार्यन्वयन गर्ने।
स्रोत:स्वस्थ्य पत्रीका

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका