समाज

बराहक्षेत्र नगरपालिका “हाम्रो बराहक्षेत्र राम्रो बराहक्षेत्र” नारा सहित सरसफाइ अभियानमा

धरान: सुनसरीको बराहक्षेत्र नगरपालिकाले “हाम्रो बराहक्षेत्र राम्रो बराहक्षेत्र” नारा सहित सुरु गरेको सरसफाई अभियानलाई निरन्तरता दिएको छ ।

सरसफाई अभियान अन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ गरेका छन।

बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बराहक्षेत्र चतराधाममा रहेको बराहक्षेत्र मन्दिरमा भक्तजनको चहलपहल धेरै हुने भएकाले मन्दिर क्षेत्रमा सरसफाइमा बिशेष ध्यान दिएको बताए ।

अभियानमा सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको आर्थिक विकास संयोजक तेकबहादुर गुरुङले बताए । उनले भने, “हाम्रो बराहक्षेत्र राम्रो बराहक्षेत्र” बनाउनुपर्नेमा सबै लागि पर्नु पर्ने धारणा राखे।

अभियानको क्रममा पछिल्लो समय डेङ्गुको सङ्क्रमण बढ्दै गएकोले नगरपालिकाले सडकको सरसफाइ र डेङ्गुको लार्भा नष्ट गर्दै आफ्नो घर अगाडि फोहोर व्यवस्थापन गर्न थालिएको छ । साथै पानी जम्ने खाल्टाखुल्टीमा पानी जम्न नदिन सबै नगरवासीलाई नगरपालिकाले अनुरोध गर्दै आएको छ ।

अभियानमा स्थानीयवासी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, राजनीति दलका नेता ,स्थानीय सङ्घ संस्था , नेपाल प्रहरी र नगरप्रहरीलगायतको सहभागिता रहेको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले