मनोरञ्जन समाचार

विजयपुर एफ. एमको आयोजनामा “भ्वाईस अफ धरान” गायन प्रतियोगिता हुने

धरान: पहिलो पटक धरानमा “भ्वाईस अफ धरान” गायन प्रतियोगिता आयोजना हुने भएको छ। धरानमा नयाँ कलाकारहरुलाई अवसर दिने उद्देश्यले विजयपुर एफ.एमले आफ्नो १६ बार्षिकोत्सवको अवसरमा आयोजाना गर्ने भएको हो।

धरानमा रहेका तर आर्थिक तथा विविध कारणले संगीत क्षेत्रमा लाग्न पहुच नपुगेकालाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

१६ बर्ष अगाडि शिक्षा स्वास्थ्य, मनोरञ्जनसँगै सूचना सम्प्रेषण गर्ने उद्देश्यलै स्थापना भएको विजयपुर एफ.एमले विगतदेखि नै आफ्नो बार्षिकोत्सवको अवसरमा नयाँ नयाँ कार्यक्रम ल्याएर आउने गरेको छ। यस बर्ष भने  संगीत क्षेत्रमा चाहाना भएका नयाँ पुस्ताको क्षमता बाहिर ल्याउन “भ्वाईस अफ धरान” आयोजना गर्ने भएका छन ।

उक्त गायन प्रतियोगितामा देशभरीबाट १५ देखि ४० बर्ष उमेर समूहले सहभागिता हुन पाउने छन। सहभागिताका लागि फारम शुल्क ५ सय लाग्ने र धरान संगीत प्रतिष्ठान, बिजयपुर एफ. एमको कार्यलय लगाएत अन्य स्थानबाट सहभागीताका लागि फारम पाउने आयोजकले जानकारी दिएका छन।

विजयपुर मिडिया ग्रुप प्रा.लिकी कार्यकारी निर्देशक हिमाल राईले यहि भदौ ५ गते  बुधबारबाट अडिसन सुरु हुने जानकारी दिदै नयाँ पुस्तालाई संगीतमार्फत प्रस्फुटन गर्ने अभिप्रायले धरानमै पहिलो पटक आयोजना गर्न लागिएकोले कार्यक्रमलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरिन् ।

उक्त गायन प्रतियोगिताका निर्णयक समेत रहेका संगीतकार विजय राईले भने शुरुका प्रस्तुतिमा अरुका गीत संंगीतमा प्रतिष्पर्धा गरे पनि अन्तिम प्रतिष्पर्धामा आफ्नै रचनामा लेखिएकोगीतलाई संगीत गरेर सुनाउनुपर्ने भएकोले अरु प्रतियोगिता भन्दा फरक हुने बताए ।

यो कार्यक्रम नितान्त फरक धारको भएकोले यसलाई धरान संगीत प्रतिष्ठानका अध्यक्ष एवम २ नं वडा कार्यालयका वडाध्यक्ष रमेश राईले प्रतिष्ठानका तर्फबाट सहयोग गर्ने प्रतिबदता जनाए ।

कार्यक्रममा प्रारम्भिक चरणमा २५ जना प्रतिभा छानिने छन् र दोस्रो अर्थात पियानो राउन्डमा १५ जना र भदौ १२ गते हुने अन्तिम प्रतिष्पर्धामा १० जना मध्य १ प्रतिभा छानिनेछन् ।

प्रतियोगितामा टाइटल जित्नेलाई २५ हजार नगदसहित ट्रफी प्रदान गरिने छ भने फस्ट रनरअप र सेकेण्ड रनरअफलाई क्रमश : १५ हजार र १० हजारसहित ट्रफी प्रदान गरिने प्रोग्राम प्रोड्युसर एवम डाइरेक्टर प्रमोद पोर्तेलले जानकारी दिए ।

भदौ ५ गते  बिहान ९ बजे देखि धरान १० मा रहेको  विजयपुर एफ एमको कार्यलय यलम्बर स्मृतिसंग्राहालयमा अडिसन हुने छ।

भिडियो पनि हेर्नुस:


छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता